अमेरिकीले यसरी गर्दा रहेछन् पार्टनरको चियो चर्चो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वासको कुरा गर्ने हो भने अमेरिकीहरु समग्रमा निकै शंकालु रहेछन् । औषतमा सयमा ५५ जना अमेरिकीले आफ्नो प्रेमी,प्रेमिका वा लोग्ने स्वास्नीको चियो चर्चो गर्दा रहेछन् ।
सर्भेक्षण अनुसार न्युयोर्कबासीहरु भने केही विश्वासिला रहेछन् । ५१ प्रतिशत न्युयोर्क बासीले आफुले पार्टनरको जासूसी गर्ने नगरेको र पार्टनरप्रति विश्वास रहेको बताए ।
न्युयोर्क डेलीमा छापिएको रिपोर्टका अनुसार सबैभन्दा विश्वासिला जोडीका सहर मस्ट ट्रस्टिङ सिटीको रुपमा ज्याक्सल भिल्ले पहिलो नम्बरमा छ । त्यहाँका ५५ प्रतिशत मानिसहरुले आफुले आफ्नो पार्टनरप्रति विश्वास गर्ने गरेको र कहिल्यैपनि चियो चर्चो नगर्ने बताएका छन् । जबकी रिचमण्ड भने सबैभन्दा शंकालु जोडीहरुको सहरको रुपमा रहेको छ । त्यहाँका सयमा ६८ जना मानिसले आफ्नो पार्टनरको चियो चर्चो गर्ने गरेका छन् ।
सर्भेका क्रममा यो पनि पत्ता लागेको छ की पार्टनरको जासूसीको सबैभन्दा साझा तरिका उसको इमेल, टेक्स म्यासेज तथा सोसल साइट अकाउण्ट चेक गर्नु रहेको छ । करीब १८ प्रतिशत मानिसले पार्टनरको जासूसीका लागि आफुले पार्टनरले कसैसँग फोनमा कुरा गरिरहेको बेला कान ठाडो पारेर सुन्ने गरेका रहेछन् र कतिपयले त फोन ट्याप समेत गर्ने गरेका रहेछन् ।
जबकी ४ प्रतिशतले त पार्टनरको जासूसी गर्नका लागि भाडाका मान्छे नै खटाएका हुन्छन् । ७ प्रतिशतले मोबाइलको जिपिएस ट्रयाकरको सहायताले पार्टनरको जासूसी गर्छन् भने १६ प्रतिशतले पार्टनरको क्रेडिट कार्ड स्टेटमेण्ट चेक गरेर चियोचर्चो गर्छन् । यसरी पार्टनरको जासूसी गर्नेमा ७३ प्रतिशत महिला र २७ प्रतिशत पुरुष रहेको अध्ययनले देखाएको छ । भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नु होला
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses