कोरियन भाषा परीक्षा पास गर्ने जती सबै नेपाली कोरिया जान नपाउने

भिडियो हेर्न तल क्लिक गर्नुहोस

४ असार, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका अधिकांश कामदार रोजगारीका लागि कोरिया जान नपाउने भएका छन् । सन् २०११ मा सञ्चालित भाषा परीक्षामा उत्तीर्ण भई ईपीएसको रोस्टरमा रहेका कामदारको नाम आगामी डिसेम्बरदेखि हट्ने भएकाले अधिकांश रोजगारीमा जान नपाउने भएका हुन् । अहिले ६ हजारभन्दा बढी नेपाली कामदार रोजगारीका लागि ईपीएसको रोस्टरमा बाँकी छन् ।



ईपीएसले सन् २०१३ का लागि करिब ९ हजारको रोस्टर तयार गरेको थियो । त्यसमध्ये सन् २०१३ सुरु भएपछि अहिलेसम्म ३ हजार कामदारको मात्र श्रम करार (लेभर कन्ट्र्याक्ट) आएको ईपीएसले जनाएको छ । श्रम करार आएकामध्ये करिब २ हजार नेपाली कामदार रोजगारीका लागि कोरिया गइसकेका छन् । तर, अझै ६ हजारभन्दा बढी रोस्टरमा रहेका कारण कोरियाले सबैलाई रोजगारीमा लैजाने अवस्था नरहेको ईपीएसले जनाएको छ ।

ईपीएसका निर्देशक नारायण थापाले रोस्टरमा अझै ६ हजारभन्दा बढी कामदार रहेकाले सबै कामदार रोजगारीमा जाने सुनिश्चितता नभएको बताए । ‘२०१३ का लागि बनाइएको रोस्टरमा अझै ६ हजारभन्दा बढी कामदार बा“की छन्,’ थापाले भने, ‘यीमध्ये धेरै कामदार यो वर्ष रोस्टरबाट हट्छन् ।’ उनका अनुसार रोस्टरमा राखिएका कामदारमध्ये ३ हजारभन्दा बढी हट्छन् । अहिले कोरियामा कामको मुख्य समय भएकाले अब करिब ३ हजार कामदारको श्रम करार आए पनि बा“की भने डिसेम्बरबाट रोस्टरदेखि नै हट्न सक्ने जनाइएको छ । सन् २०१३ का लागि कोरियाले नेपाललाई ५ हजार ९ सय कामदार कोटा दिएको राजधानी दैनिकमा खबर छ ।

२०१३ का लागि गत वर्ष भाषा परीक्षा सञ्चालन नगरे पनि यस वर्षलाई कोरियाले ५ हजार ९ सय कामदार कोटा नेपालका लागि छुट्ट्याएको थियो । कोरियाले सन् २०१४ का लागि भाषा परीक्षाको तयारीसमेत गरिसकेकाले यो वर्ष ६ हजारभन्दा बढी कामदार रोजगारीमा जाने सम्भावनासमेत नरहेको जनाइएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीमा जान सबै प्रक्रिया पूरा गरेर ईपीएसको रोस्टरमा श्रम करार पर्खिरहेका कामदारले भने आफूहरू सबैको रोजगारीमा जाने ग्यारेन्टी माग गर्दै आन्दोलन सुरु गरेका छन् । आगामी अक्टोबरमा २०१४ का लागि चौथो कोरियन भाषा सञ्चालन हुने पक्का भएपछि रोस्टरमा रहेकाले आन्दोलन थालेका हुन् ।

उनीहरूले रोस्टरमा रहेका सबैलाई कोरिया पठाउने ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । रोजगारीमा जान प्रतीक्षामा रहेका कामदारले सोमबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव पुरुषोत्तम पौडेल र ईपीएस प्रमुख नारायण थापालाई रोजगारीको ग्यारेन्टी माग गर्दै ज्ञापन–पत्रसमेत बुझाए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses