बुढासुब्बा गोल्डकपको उपाधि हङकङ महासंघलाई

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३१ चैत, काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि हङकङ नेपाली महासंघले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा आर्मीलाई २-१ ले पराजित गर्दै हङकङ बुढासुब्बाको नयाँ विजेता बनेको हो ।



स्थानीय रंगशालामा भएको खेलमा आर्मीले सातौं मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट अग्रता लिएपनि जोगाउन सकेन । १८ औं मिनेटमा हङकङका केभिनले बराबरी गोल फर्काए । खेलको ५६ औं मिनेटमा आर्मीले पेनाल्टी पायो । तर, राजु तामाङ चुकेपछि आर्मीले खेलमा अग्रता लिने मौका गुमायो । ७९ औं मिनेटमा डोडोजले हङकङका लागि विजयी गोल गरे ।



आर्मी आयोजक धरान फुटबल क्लबलाई हराउँदै उपाधी नजिक पुगेको थियो भने भने फ्रेण्डस र हिमालयन शेर्पाका खेलाडीहरुसहित राष्ट्रिय टोलीका कप्तान सागर थापाको नेतृत्वमा रहेको हङ्कङ नेपाली महासंघले ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारलाई हराएको थियो ।



आर्मीले २०६५ सालमा फाइनल खेल्दा थ्रीस्टारलाई उपाधि सुम्पिएको थियो । त्यही वर्ष तिलोत्तमा गोल्डकप जितेयता आर्मीले कुनै उपाधि जित्न सकेको छैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses