गोविन्द मैनालीबारे जापानमा फिल्म बन्दै

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जापानमा १५ बर्षसम्म बिना कसुर जेल सजायँ भोग्न बाध्य नेपाली नागरिक गोबिन्द मैनालीमाथि फिल्म बन्ने भएको छ । जापानी फिल्म निर्देशक एवं लेखक मासायाकी सुओले गोबिन्दबारे फिल्म बनाउन लागेका हुन् । जापानको दैनिक पत्रिका जापान टाइम्सका अनुसार उनले सोमबार टोक्योमा यस्तो घोषणा गरेका हुन् ।



परिबन्दका १५ बर्ष शीर्षकमा हालै आत्मकथा प्रकाशन गरेका मैनाली सात महिनाअघि मात्र जापानी अदालतबाट निर्दोषा सावित भइ नेपाल फर्किएका थिए । १५ बर्ष अनाहकमा जेल राखेबापत उनलाई करिव ७ करोड रुपैयाँ क्षतिपूर्ती दिइने हालै घोषणा भएको थियो ।

मासायाकी सन् २००४ को अवार्ड वीनिङ हलिउड फिल्म ‘साल वी डान्स’का लेखक हुन् । उनी जापानमा लेखक र फिल्म निर्देशकका रुपमा प्रख्यात छन् । फिल्मको नामबारे भने उनले थप केही बताएनन् । सोमबार उनले मैनालीको मानवअधिकारको रक्षा आफ्नो मुलुकले गर्नुपर्ने बताए ।

नेपाल पुगेर मैनाली र उनको परिवारलाई भेटन र उनीबारे फिल्म बनाउन आफु आतुर रहेको सुओले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses