दुई मिनेट पत्रकारसँग बोलेर प्रचण्डले दिए लोकमान लखेट्ने तरिका
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

२९ बैशाख, पोखरा । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई संविधानसभा निर्वाचनपछिको संसदले हटाउन सक्ने बताएका छन् । चारैतिरबाट विरोधका स्वरहरू आइरहेका बेला पोखरा पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग मात्र २ मिनेट बोलेर लोकमानसिंहलाई आगामी संसदले हटाउन सक्ने जानकारी दिएका हुन् । उनले लोकमानको विषय भन्दा निर्वाचन आवश्यक भएको भन्दै त्यसतर्फ लाग्नु ठीक हुने सुझाव समेत पत्रकारहरुलाई बाँडे ।
चार शक्तिको उच्चस्तरीय संयन्त्रको सिफारिसमा अख्तियारमा प्रमुख बनेका कार्कीलाई फेरि उनीहरुले नै हटाउँछु भन्नुले राजनीतिक इमान्दारिता नदेखाउने प्रचण्डले बताएका छन् ।
उनले लोकमानसिंहलाई हटाउने विषयमा उनले अदालत जान सुझाव दिँदै संसदको निर्वाचनपछि महाअभियोग लगाएर हटाउन पनि सकिने बाटो देखाए । उनले अहिले चार शक्ति जसरी पनि कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ताभित्र संविधानसभाको चुनाव गराउने तयारीमा जुटेको जानकारी दिँदै अब निर्वाचन नहुने आशंका गर्न पनि नहुने भन्दै तर्साए ।
उनले दलहरुबिच एकले अर्काको प्रस्तावको विरोध गर्ने भएकोले मन्त्रिपरिषद् र अख्तियारमा गैर राजनीतिक व्यक्ति चुन्नु परेको बताएका छन् । उनले भने 'खोज्दै जाँदा खिलराज र लोकमानसिंह कार्की भेटिए । उनीहरूलाई नै ल्यायौं ।'
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses