National News
»
सुर्खेतमा बन्द गर्दै हिँड्ने पाँच माओवादी कार्यकर्ता पक्राउ
सुर्खेतमा बन्द गर्दै हिँड्ने पाँच माओवादी कार्यकर्ता पक्राउ
कृष्ण आचार्य
१६ कात्तिक, सुर्खेत । सुर्खेतमा बन्द गराउँदै हिडेका नेकपा-माओबादीका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि सुर्खेत आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यक्रमलाई प्रभावित गर्न सुर्खेत बन्दको आहृवान गर्दै हिँडेका उनीहरुलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
नेकपा-माओवादीका भेरी कर्णाली राज्य समितिका सह-सेक्रेटरी कृष्णबहादुर धमला, अखिल नेपाल सुकुम्वासी संगठनका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर नेपाली, रगवीर विश्वकर्मालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो । नेकपा-माओवादी सुर्खेतका इन्चार्ज चक्रपाणी शर्माले भने आफ्ना ५ जना नेता वीरेन्द्रनगर-१ स्थित टेम्पोपार्कबाट प्रहरीले पक्राऊ गरेको हो ।
शिक्षक हरि महतरा र शिव परियारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संविधानसभाको शान्तिपुर्ण बहिष्कार गरेको बताउदै आएको नेकपा-माओवादीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी कार्यक्रमलाई प्रभावित गर्न गरेको सुर्खेत बन्द कारण सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पनि बन्द छ । चुनावी सभामा सर्वसाधारणलाई ल्याउन एमाओवादीले जिल्लाका विभिन्न स्थानहरुमा गाडी पुर्याएको छ ।
0 comments
Write Down Your Responses