Amazing News
»
दुई हजार जोडीको बिबाह, साथमा बेहुली हैन, हातमा तरबार (फोटो फिचरसहित)
दुई हजार जोडीको बिबाह, साथमा बेहुली हैन, हातमा तरबार (फोटो फिचरसहित)
यमनको राजधानी सानामा बुधबार दिउँसो करिव दुई हजार बेहुलाहरु एकै ठाउँमा भेला भए । बिबाह उत्सव मनाउन भेला भएका उनीहरुका साथमा बेहुली थिएनन, केवल थियो त हातमा तरवार । परम्परागत पोशाकामा सजिएका लक्का जवान युवाहरुको समूहले हातमा सुनौला तरवार बोकेका थिए ।
यो अनौठो जमघट हेर्न गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीहरु पनि उपस्थित थिए । सामूहिक बिबाह समारोहको आयोजना गिनिज बुकमा रेकर्ड राख्ने उदेश्यले भने आयोजना गरिएको थिएन् ।
यमनमा बिबाह निकै खर्चिलो हुन्छ । जसले गर्दा गरिव जोडीहरु बिबाह गर्न सक्ने अबस्थामा हुन्नन् । यही ब्यथा बुझेर कतारका पूर्व राजकुमारले स्थापना गरेको एउटा परोपकारी संस्थाले यमनका दुई हजार जोडीका लागि सामूहिक बिबाह कार्यक्रम आयोजना गरेको हो । कट्टर मुस्लिम धर्म मान्ने भएका कारण बेहुलीहरुलाई सामूहिक बिबाहमा उपस्थीत गराइएको थिएन् ।
बेलायती संचारमाध्यम डेलीमेलका अनुसार उनीहरुका बेहुलीको बेग्लै समारोह सोही समयमा अर्को ठाउँमा आयोजना गरिएको थियो । बेग्लाबेग्लै उत्सव समाप्तिपछि अबेर साँझ उनीहरुको मिलन हुने छ ।
‘अहिलेसम्म यमनमा यस्ता धेरै सामूहिका बिबाह उत्सव भएका छन तर यो नै अहिलेसम्मको ठूलो बिबाह उत्सव हो’ कार्यक्रम आयोजक अर्फन पाउण्डेसनका जनसम्पर्क अधिकृतले यमन टाइम्ससँग भने ।
0 comments
Write Down Your Responses