नेपालका दुइ मन्त्रीलाइ मार्ने धम्की ! धम्काउने शक्ति को ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२९ वैशाख,काठमाडौ। लोकमानसिह कार्कीलाइ अख्तियार दुरुपयोग आनुसन्धान आयोगमा नियुक्ती प्रकरणमा सरकारका वहालवाला दुइजना मन्त्रीलाइ ज्यान मार्ने धम्की आएको एउटा प्रतिष्ठित पत्रिकाले खुलासा गरेको छ । आइतवार प्रकाशित हिमाल खवर पत्रिकाले संवैधानिक परिषदका सदस्य रहेका संचारमन्त्री माधव पौडेल सहित अर्का एक मन्त्रीलाइ ज्यान मार्ने धम्की आएको उल्लेख गरेको छ ।



संवैधानिक परिषदको बैठक बस्ने दिन बिहान झिसमिसेमा राष्टपति कार्यालय शीतल निवास पुगेका दुइजना मन्त्रीले आफूहरुमाथी ज्यान लिने धम्की आएको बताएका हिमाल खवर पत्रिकाले उल्लेख गरेको छ । हिमाल खवर पत्रिकाले दावी गरेर लेखेको छ–

"३ वैशाख बिहान झिसमिसेमै दुईजना बहालवाला मन्त्री शीतलनिवास पुगेर ज्यान लिने ‘थ्रेट’ पाएको गुनासो राष्ट्रपतिलाई सुनाएका थिए । ती मन्त्रीले ‘मन्त्री हुँदैमा सुरक्षित हुने भए मिर्जा दिलसाद बेग मारिंदैनथे’ भन्ने सुझावसहितको चेतावनी पाएको त्यहाँ बताएका थिए । स्रोतका अनुसार, बहालवाला मन्त्रीहरूलाई त्यस्तो ‘थ्रेट’ सल्लाहका रूपमा सुरक्षा निकायबाटै आएको थियो ।"

मन्त्रीद्धयलाई धम्की दिइएको बिषयमा मिर्जादिल सादवेगको हत्या प्रसंगपनि जोडिएको छ । राप्रपाका तत्कालिन सासद एवं राज्त्रमन्त्री मिर्जादिल सादवेगको भारतीय खुफीया एजेन्सीले हत्या गरेको भन्ने उल्लेख थियो । मिर्जादिल सादवेग र संचार उद्यमी जमिम साहको हत्या एउटै प्रयोजनवाट भएको भन्ने गरिन्छ, त्यो हो भारतीय हित प्रतिकुल काम ।

मन्त्रीमाथी धम्की आएको घटना यो एउटा मात्र भने होइन । कोरिया जाने कामदारलाइ इपीएस सिस्टम मार्फत पठाउनु पर्छ भनेर अडान लिए वापत ०६१ सालमा देउवा सरकारका श्रममन्त्री रघुजी पन्तलाइ पनि अपहरण गर्ने र ज्यान लिने धम्की आएको थियो । तत्कालीन शाही नेपाली सेनाका कर्णेलले मन्त्रीलाइ अपहरणको धम्की दिएका थिए, म्यान पावर कम्पनी मार्फत ।

लोकमानसिंह कार्कीको नियुक्ती बिरुद्ध आन्दोलनको नेतृत्व गरेका कनकमणि दीक्षित प्रकाशक रहेको पत्रिकाले लेखेको भनेर कतिपयले विश्वास नगरेपनि सुरक्षा स्रोत पनि मन्त्रीहरु तनावमा रहेको बताउछ । कार्कीको नियुक्ति प्रकरणनमा संचारमन्त्री पौडेल खुलेर बोल्न चाहेका थिएनन, हतास मुद्रामा देखिन्थे ।

उसो भए नेपालका मन्त्रीलाइ ज्यान मार्ने सम्मको धम्की दिने त्यो शक्ति को होला ? सुशील कोइरालालाइ परिवन्धमा पार्ने वा झलनाथ खनाललाइ झुकाउने त्यही शक्ति हो जसले मन्त्रीको ज्यानलिने धम्की दियो । अनुमान गर्नुस । अनुमान गर्न नसके थाहा पाउनुस । त्यही शक्ति जसले सार्वभौम नेपाललाइ आफ्नो मुलुकको ‘प्रान्त’ जस्तो ठान्ने गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses