८० को दशकमा यसरी गर्थे राजेश र करिश्मा रोमान्स (भिडियो)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले थुप्रै चलचित्रमा सँगै अभिनय गरेका छन् । तर राजेश र करिश्माका लागि चलचित्र ‘किन किन’ को शिर्ष गीत नृत्य अरु भन्दा भिन्न हुने पक्का छ । निर्देशक उकेश दाहालले राजेश र करिश्मालाई ८० को दशकमा पुर्‍याएका छन् ।साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को शिर्ष गीतमा नायक हमालले खुलेरै नृत्य गरेका छन् । उनलाई नायिका करिश्मा मानन्धरले पनि खुलेरै साथ दिएकी छिन् । यौन र कमेडिलाई रोचक तबरले प्रस्तुत गरिएको यो चलचित्रको गीतसंगीत र प्रोमो अहिले सामाजिक संजालमा पनि चर्चामा छ ।



चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापा, नव कलाकार अरुणिमा लामा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्र ‘किन किन’ले फरक स्वाद पस्केको र दर्शकले मन पराउने विश्वास निर्देशक दाहालको छ ।

यो गीतलाई गोविन्द राइले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा नायक राजेश हमाललाई २ गेटअपममा देखाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses