एमाओवादी पदाधिकारी बैठकले प्रकाशलाई कारबाही गर्नबाट बचायो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
एकीकृत माओवादीको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाललाई ६ महिना अघि गरेको कारबाही बाट चोख्याएको छ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले दाहाल पुत्र प्रकाशमाथि ६ महिना अघि गरेको कारबाहीबाट चोख्याएको हो । एमाओवादीकै विद्यार्थी संगठनमा संलग्न बिना मगरलाई लिएर दिल्ली भागेपछि चर्को आलोचनाका बीच प्रकाशलाई पार्टीले कारबाही स्वरुप पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरेको थियो । आजको पदाधिकारी बैठकबाट प्रकाश पूर्ण रुपमा चोखिएका छन् ।
कारबाहीबाट प्रकाशलाई चोख्याइएको भए पनि उनलाई के जिम्मेवारी दिने भन्ने कुरा भने सार्वजनिक भएको छैन । कारबाही पर्नु अघि प्रकाश दाहालको नीजि सचिवालयका सदस्य तथा नेवा राज्य समितिका सदस्यको रुपमा पार्टीमा आवद्ध थिए ।
बिनालाई लिएर हिडेपछि भारतको नयाँ दिल्लीमा बस्दै आएका प्रकाश केही दिन अघि काठमाडौँ आएका हुन् ।

0 comments
Write Down Your Responses