३३ दलसँग छलफलपछि निर्वाचन आयोगको काम स्थगित

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१९ चैत, काठमाडौं । निर्वाचन आयोगले देशभरि सञ्चालन गर्दै आएको मतदाता नामावली संकलन कार्य स्थगित गर्न जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार आयोगको कार्यालयमा वैद्य नेतृत्वको नेकपा माओावदसिहित ३३ दलका नेताहरुसँगको छलफलपछि आयोगले मतदाता संकलन कार्या स्थगित गरेको हो ।

राजनीतिक सहमति नभई निर्वाचनका गतिविधि अघि नबढाउन ज्ञापनपत्रसहित निर्वाचन आयोग पुगेका ३३ दलका नेतालाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मागप्रति सरकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । ३३ दलले ज्ञापनपत्र बुझाएको केही घण्टापछि नै आयोगले मतदाता नामावली संकलन अभियान स्थगन गरेको हो ।

गृहमन्त्रालय मातहतको टोलीले नागरिकता अभियान सञ्चालन गर्नुपर्ने र त्यसपछि पुनः मतदाता नामावली संकलन गर्नुपर्ने भएकाले दुबै अभियान एकसाथ चलाउनका लागि तत्काललाई फोटोसहितको मतदाता नामावली संकलन कार्य स्थगन गरिएको आयोगले बताएको छ ।

मतदाता नामावली अभियान रोक्न सफलता प्राप्त गरेको वैद्य समूह र त्यसमा आवद्ध दलहरुले सोमबार शान्तिबाटिकामा विारधे सभासमेत गरेका थिए । मोर्चामा आवद्ध संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाका संयोजक किशोर विश्वासका अनुसार देशका विभिन्न भागमा सोमबार विरोधका कार्यक्रम आयोजना गरिएका थिए । त्यसैगरी मंगलबार चारवटा नाकाबाट ३३ दलले सिंहदरबार घेराऊ गर्ने कार्यक्रम राखेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses