प्रहरी कार्यालयमा राखिएको एक थुनुवाले तन्नाको पासो लगाइ आत्महत्या

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सन्तोष सिंह,सर्लाही, चैत ३० - सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा राखिएको एक थुनुवाले आज बिहान पासो लगाइ आत्महत्या गरेका छन् । सर्लाही डुम्रे खोला- ३ का ४५ वर्षीय जितबहादुर घिसङले थुनेर राखिएको कोठाको झ्यालमा पासो लगाइ आत्महत्या गरेका हुन् ।

गत बुधबार आफ्नै भाञ्जिलाई रक्सी खाएर जबरजस्ती गर्न खोजेको आरोपमा हिजो स्थानीयले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । प्रहरीले गएराति १० बजे इलाका प्रहरी कार्यालय हरिवन ल्याएको थियो । 'आज बिहान ३ बजे बत्ती हुँदासम्म उ सकुशल थियो,' इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक न्यौपानेले भने, 'बत्ती गएपछि आत्महत्या गरेछ ।'

घिसिङले आफूलाई राखेको कोठाको ७ फिट अग्लो झ्यालमा झुण्डिएर आत्महत्या गरेका थिए । झुण्डिएको अवस्थामा उनलाई बिहान ४ बजे फेला पारिएको थियो ।

घिसिङले उनलाई सुत्न दिएको तन्ना च्यातेर गलामा पासो लगाइ आत्महत्या गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए । कोठामा थुनुवा एक जना मात्रै थिए । घटनाबारे थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses