भारतीय सीमा क्षेत्रमा नेपालीबाटै नेपाली लुटिए

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बेलौरी (कञ्चनपुर), चैत ३० - सीमानाकामा भारतीय पक्षबाट यातना तथा ज्यादती खेप्दै आएका नेपाली आजभोलि नेपालीबाटै लुटिन थालेका छन्।

नेपाल-भारतको पश्चिमी सिमानाका गड्डाचौकीमा नेपालीले साङ्गीतिक मेलाको बहानामा भारतबाट घर फर्किदै गरेका नेपालीलाई लुट्ने गरेका हुन्।

यसै क्रममा गड्डाचौकीमा लोकदोहोरी मनोरञ्जन मेला सञ्चालन गर्दै आएका सिकन्दर नाम गरेका एक नेपालीले भारतबाट मजदुरी गरी घर फर्किरहेका दुई नेपालीबाट भारतीय रुपैयाँ १० हजार ४०० लुटेका छन्।

भारतको गडवालबाट घर फर्किरहेका सुर्खेत कुनाथरी घर भएका गोपाल विक र लक्षुराम नेपालीबाट लुटेको पीडितले बताएका छन्।

झन्डै दुई महिना अघिदेखि भारतबाट घर फर्किने नेपालीलाई साङ्गीतिक कार्यक्रम देखाउने नाममा टेन्टभित्र लिएर जबर्जस्ती जुवा खेलाउन लगाएर पैसा असुली गरिरहेको भएपनि नजिकै रहेको प्रहरी प्रशासनले भने केही गर्न सकिरहेको छैन।

वीरगन्ज घर भएका सिकन्दर नामका व्यक्तिले मेलाका नाममा जुवा अड्डा सञ्चालन गर्दै आएका भए पनि ५०० मिटर नजिकै रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट कुनै वास्ता नगर्नुले प्रहरीको मिलोमतो हुन सक्ने स्थानीयले आरोप लगाएका छन्।

यसैबीच लुटिएका गोपाल र लक्षुको रकम प्रहरी प्रशासनको पहलमा फिर्ता गराइएको नेकपा-माओवादीका नगर सचिव भैरव भट्टले जानकारी दिएक छन् । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses