हत्याको अभियोगमा थुनिएका तीन नेपाली छुटे

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८, असार, क्वालालाम्पुर । एक तामिलमुलको मलेसियन नागरिकको हत्याको अभियोगमा पक्राउ परेका तीन नेपाली शुकबार दिउँसो छुटेका छन् । उनीहरुसँगै छ जना वंगलादेशी नागरिकलाई पनि प्रहरीले छाडेको छ ।
सेलाङरमा रहेको डेलोड भेन्चर कम्पनीमा कार्यरत सिराहाका मङगल यादव, महोत्तरीका सञ्जय कुमार शाह र रौतहतका बलरामकुमार मण्डललाई प्रहरीले अनुसन्धानका लागि केहि दिन अगाडि पक्राउ गरेको थियो । छानविन गर्दा निर्दोष देखिएपछि उनीहरुलाई छाडिएको स्थानीय प्रहरीलाई उदृत गर्दै नेपाली दूताबासका कर्मचारी कृष्ण विष्टले अनलाइनखवरलाई जानकारी दिनुभयो । हाल सवैजना श्रमिकहरु होस्टलमा फर्किएका छन् र उनीहरु भोलीदेखि काममा जाने छन् ।
कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले दिएको जानकारी अनुसार गएको आइतबार साँझपख ति तामिल ब्यक्तिले मादक पदार्थ सेवन गरी होस्टलको गेट अगाडि गाडि रोकेर श्रमिकहरुलाई कुटपिट गरेका थिए । धेरैजनालाई बोलाउँदै कुटपिट गरेपछि सवै श्रमिकहरुले मिलेर उनको प्रतिकार गरेका थिए । कम्पनीमा कार्यरत श्रमिकहरुले कम्पनीको सुपरभाईजरलाई खवर गरेपछि कम्पनीका सुपरभाईजरले पाँच वर्ष अगाडि उक्त व्यक्ति पनि सोहि कम्पनीमा काम गर्ने वताएका थिए । सुपरभाईजरले निजको घर परिवारलाई सम्पर्क गरी घटनाको वारेमा जानकारी गराएका थिए भने आफन्तले उनलाई घर लगेका थिए ।
घरमा लगेकोपछि निजको अवस्था गम्भीर भएको र आइतबार राति केलाङ अस्पतालमा पुर्‍याएर उपचार गराइरहेका उनको सोमवार दिउँसो मृत्यु भएको थियो । घटनापछि प्रहरीले सोधपुधको लागि ३ नेपाली र ६ बंगलादेशीलाई नियन्त्रणमा लिएको थियो ।
घटना पश्चात मंगलवार नेपाली श्रमिकरुले नेपाली दूतावासमा खवर गरेका थिए भने दूतावासले स्थ्ाानिय निकायलाई जानकारी गराइसकेको छ । दूतावासका कर्मचारी कृष्ण विष्ट कम्पनीमा तथा स्थानिय प्रहरी कार्यालयमा पुगि श्रमिकहरुको सुरक्षा ब्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses