नेपाली युवती दिल्लीमा सामूहिक बलत्कृत,दुतावासले केही नगरेको गुनासो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । वुधवारराती सामूहिक बलात्कारमा परेकी युवती नेपाली रहेको पुष्टि भएको छ । सिन्धुपाल्चोकको खाम्पालकोट १ घर घएकी तामाङ थरकी १८ वर्षीय युवतीको बलात्कार भएको दिल्लीमा रहेको हेल्प नेपाली मिशनका अध्यक्ष कवि कार्कीले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । पीडित युवतीको दिल्लीको सफदरगञ्ज अस्पतालमा उपचार भइरहेको र पीडित युवती र उनका श्रीमानलाई नेपाली नागरिकसँग भेट गर्न नदिइएको कार्कीले बताउनुभयो ।



तामाङमाथि बलात्कार भएको पुष्टि भएको र बेहोस रहेको मेडिकल रिपोर्ट उधृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन् । युवतीको बलात्कार भएपछि दोषीमाथि कडा कारवाहीको माग उठिरहेको छ ।

श्रीमानसँग दिल्लीको कोटला मुबारकपुरमा बस्दै आएकी युवतीलाई वुधवार बेलुकी साढे नौ बजे अपहरण गरी गुँडगाव लगेर तीन जनाले बलात्कार गरेको र विहान चिया पसल अगाडि लगेर फालेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले अपराधीको खोजी भइरहेको बताएको छ ।

हेल्प नेपाली मिशनले आफ्नो नागरिकमाथि बलात्कार हुँदा पनि दिल्लीमा रहेको नेपाली दुताबासले कुनै ध्यान नदिएको गुनासो गरेको छ । आफूले कार्यवाहक राजदुतसँग कुरा गरेको र सहयोग गर्ने आश्वासन दिएपनि दुताबासबाट अहिलेसम्म कर्मचारी नआएको कार्कीले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses