आइपिएल क्रिकेट: चेन्नईले दिल्लीलाई हरायो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, ६ वैशाख, - इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किंग्स ८६ रनले विजयी भएको छ । बिहीबार राति भएको खेलमा १ सय ७० रनको लक्ष्प पच्छ्याएको दिल्ली दिल्ली डेयर डेभियल्स ८३ रनमा समेटिएपछि चेन्नई सुपर किंग्स ८६ रनले विजयी भएको हो ।

दिल्लीका लागि केदार जादवले ३१, विरेन्द्र सेहवागले १७ र जीवन मेन्डिसले १२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिल्लीको यो लगातार छैटौं हार हो ।
दिल्लीलाई सस्तैमा समेट्ने क्रममा मोहित शर्माले ३ विकेट लिए । तीन ओभर बलिङ गरेका मोहितले १० रन मात्रै दिएर तीन विकेट लिएका हुन् । यस्तै रविचन्द्रन आश्विनले चार ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको चेन्नईले पुरै ओभर खेलेर ४ विकेटको क्षतिमा १ सय ६९ रन जोडेको थियो । माईकल हसीले नटआउट ६५, महेन्द्र सिंह धोनीले ४४ र सुरेश रैनाले ३० रनको योगदान गरे । आइपिएलमा शुक्रबार सनराइजर्स हैदराबाद र किंग्स इलेभेन पन्जाबबीच खेल हुनेछ । खेल राती सवाँ आठ वजे हुँनेछ ।

0 comments
Write Down Your Responses