बैंकको ऋण नतिर्दा मन्त्री श्रेष्ठको सम्पत्ति लिलामीमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२० चैत, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रामकुमार श्रेष्ठले पत्नी सरस्वती श्रेष्ठको नाममा लिएको साढे ४ करोड रुपैयाँ कर्जा नतिरेपछि सनराइज बैंकले धितो लिलामीको प्रत्रिया अगाडि बढाउने भएको छ । केही साताअघि गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्मा पर्यटनमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ पटक पटक सूचना जारी गर्दासमेत ऋण तिर्न नआएपछि बैंकले मंगलबारदेखि लिलामी प्रक्रिया अघि बढाउन लागेको हो ।

श्रेष्ठसमेतको संयुक्त लगानीमा मकवानपुरको मनहरि ८ मा क्रसर उद्योग सञ्चालन गर्न बैंकबाट लिएको कर्जा भाखा नाभेको एक बर्ष वितिसकेको छ । पटक पटक ताकेता गर्दा पनि भुक्तानी नभएपछि बैंकले एक साताअघि धितो लिलामीको सूचना सर्वाजनिक गरेको थियो । ऋण तिर्नको साटो मन्त्री श्रेष्ठ तथा उनकी पत्नीले पदको आडमा सूचना ननिकाल्न बैंकलाई पटक पटक दवाव दिँदै आएको बैंक स्रोतले जनाएको छ । बैंकका अनुसार पछिल्लो समय कर्जाको सावाँव्इाज भुक्तानीका लागि ताकेता गर्दा पत्नी सरस्वती श्रीमान्को हवाला दिँदै पन्छिने गरेको खबर कारोबार दैनिकले छापेको छ ।

मन्त्रीपत्नीले आफूलाई बैंकको कर्जाबारे केही जानकारी नभएको बताईन । ‘यसमा म अञ्जान छु सबै मन्त्रीज्यूले गर्नुभएको हो,’ उनले भनिन् । यता बैंकले भने गत बर्ष नै ३५ दिने लिलामी सूचना निकाले पनि अदालतको आदेशपछि यो प्रक्रिया रोकिएको थियो । श्रेष्ठले बैंकले किर्ते कागजमा सह ीगर्न लगाएको, हरहिसाव नदिएकोलगायतका आरोप लगाई जिल्ला अदालतदेखि सर्वोच्चसम्मा पाँचवटा मुद्दा दायर गरेपनि फैसला बैंककै पक्षमा आएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses