डेढ लाखको औषधी १२ हजारमा !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२० चैत, काठमाण्डौं । भारतीय कम्पनीहरुले रक्त क्यान्सरलगायत रोगको अब आनुवंशिक (जेनेरिक) औषधी उत्पादन गर्न पाउने भएका छन् । भारतको सर्वोच्च अदालतले यस्ता औषधी उत्पादन गर्दै आएको स्विस कम्पनी नोभार्टिसको पेटेन्ट राइट्स -उत्पत्तिको अधिकार) सोमबार खारेज गरेपछि भारतीय कम्पनीलाई यो अवसर जुटेको हो ।

ब्रान्डेडभन्दा औषधीको जेनेरिक उत्पादन निकै सस्तो हुन्छ । नोभार्टिसले उत्पादन गरेको ग्लिभेक औषधीको एकमहिने मात्राको १ लाख २ हजार भारतीय रुपैयाँ (१ लाख ६३ हजार २ सय रुपैयाँ ) पर्छ । त्यसकै जेनेरिक उत्पादन भने मूल्य ८ हजार भारतीय रुपैयाँ (१२ हजार ८ सय रुपैयाँ) मात्र पर्नेछ ।

नोभार्टिसले ग्लिभेक औषधी उत्पादनमा पेटेन्ट राइट्स माग्दै भारतीय अदालतमा हालेको मुद्दा सोमबार खारेजीको फैसला भएको थियो । यो फैसलासँगै नेपाली बजारमा आउने अधिकांश औषधीको मूल्यमा त्यसको सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको नागरिक दैनिकमा खबर छ । औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक भूपेन्द्रबहादुर थापाले भने, ‘यस फैसलाले अन्य औषधी उत्पादनमा समेत असर गर्छ ।’ नेपालमा खपत हुने औषधीको ६० प्रतिशत भारतबाट नै आयात हुने गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses