देउवाले खुलाए चुनावको मिति घोषणा नहुनुको कारण
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
मंसिरमा चुनाव हुन्छ : देउवा
सन्तोष सिंह, सर्लाही, वैशाख ६ - नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपति र राजनीतिक दलबीच भएको सहमति अनुसार मंसिरमा नै निर्वाचन हुने बताएका छन्। चुनावका लागि आधारभूत काम गर्न बाँकी रहेकोले चुनावको मिति तय हुन नसकेको उनले बताए।

देउवाले भने- 'मिति घोषणा भएको तीन महिना भित्रै चुनाव हुन्छ।' बढी समय लिएर मिति तोक्न नमिल्ने भएकोले तत्काल निर्वाचनको मिति किटान नगरिएको उनले बताए। सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले जनजाती, मधेसी र महिलाको सवालमा पार्टीले महासमितिमा महत्वपुर्ण निर्णय गरेको बताए। चुनावी एजेन्डा र महासमितिको निर्णय चुनावको मिति तोकिएपछि पार्टीले चुनावी घोषणपत्रमार्फत् सार्वजनिक गर्ने जानकारी दिए। संघीयताको सवालमा काँग्रेस मिश्रित प्रणाली र ११ प्रदेशमा अडिग रहने उनले बताए।
चुनावमा बखेडा गरिरहेका उपेन्द्र यादवसहितका दल पनि अन्तिम समय सम्म चुनावमा सहभागी हुने उनले दावी गरे। चुनावी तयारीका लागि जिल्ला भ्रमणमा रहेको उनले सञ्चारकर्मीलाई भने,-'काँग्रेसको अवस्था अब बलियो हुन्छ।'
देउवा सिन्धुलीमा शुक्रबार कार्यकर्ता सभालाई सम्बोधन गर्दैछन्। कार्यक्रममा नेता विमलेन्द्र निधिले पार्टी भत्रको गुट उपगुटको अवस्थालाई मिलाएर चुनावी तयारी भइरहेको बताए। 'जित्ने नेतालाई टिकट दिइनेछ', उनले भने।

0 comments
Write Down Your Responses