प्रचण्डले आज चिनियाँ व्यापारिक शहर सेन्जेनको भ्रमण गर्ने|

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं , ६ वैशाख, साताव्यापी चीन भ्रमणमा रहनुभएका एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार व्यापारिक शहर सेन्जेनको अबलोकन भ्रमणमा गर्नुहुने भएको छ । अध्यक्ष प्रचण्डले आर्थिक विकास र व्यापारका लागि चर्चीत सेन्जेनको अबलोकन भ्रमण गर्नुहुने उहाँसंगै रहनुभएका स्वकिय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो ।







यसअघि बिहीबार उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङ संग ग्रेट हल अफ द पिपुल्समा भेटवार्ता गर्नुभएको थियो । भेटमा राष्ट्रपति पिङले छिटो संक्रमणकालको अन्त्य गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति पिङले नयाँ चुनावको लागि आवश्यक सहयोग गर्ने बचन समेत दिनुभएको थियो । छलफल संबिधान सभा निर्वाचन, नेपालको आर्थिक बिकास, दुई देशबीचको सम्बन्ध, समसामयीक राजनीतिक परिस्थिति लगायत विषयमा केन्द्रीत रहेको थियो । सी र प्रचण्ड विचको भेट दुई देश विचको सम्बन्ध विस्तारमा केन्द्रित भएको थियो । भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनु भएका राष्ट्रपती सीले नेपाल र चीनको द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको भन्दै नेपाल एक चीन नीतिको प्रशंसा गर्नु भएको थियो । अध्यक्ष प्रचण्डलाई चीनले उच्च सम्मान दिएको छ ।



शुक्रबार अबलोकन भ्रमण सकेर अध्यक्ष प्रचण्ड सहितको टोली शनिबार हङकङ हुँदै नेपाल फर्कने छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses