भाग्य भन्ने की दुर्भाग्य ?घण्टभित्र पुरिएपछि…(फोटोफिचर र भिडियोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भाग्य भन्ने की दुर्भाग्य ? कहिलेकाहीँ निकै बिलखबन्दमा परिँदो रहेछ । धन्न ज्यान बँच्यो तर इन्तु न चिन्तु बनाउने गरी । भोग्नेलाई मात्र होइन देख्नेलाई पनि तर्साउने गरी । यस्तै भएको छ चीनमा ।
पूर्वी चीनको एक मन्दिर घुम्न गएका पर्यटक मन्दिरको भिमकाय घण्टभित्र पुरिए । मन्दिर घुमिरहेको बेलामा झुण्डाइएको २ टनको काँशको घण्ट अकस्मात झरेर उनलाई घप्लक्क पुर्यो । धन्य त्यो घण्टको ठिक्क बिचको भागमा उनी परे अर्थात् घण्टको भित्री खाली ठाउँमा परेकाले उनलाई केही भएन मात्र थुनिए । यदि किनाराले थिच्दो हो त उनी त्यहीँ किचिन्थे होला । बाँच्न त बाँचे तर दुइ टन तौल भएको घण्टभित्र पूरिएपछि उनी इन्तु न चिन्तु बने । त्यो बडेमाको घण्टबाट कसरी बाहिर निस्कनु ? उनी चिच्याउन थाले । गुहार मागे । सानडोङ प्रान्तमा भएको यो घटनामा यसरी घण्टभित्र पर्ने व्यक्ति ली वांग हुन् । लिन्जी क्षेत्रको उक्त मन्दिरमा रहेको त्यो भिमकाय मन्दिर घुम्न साथीसँगै पुगेका उनले घण्टमुनि उभिएर जोडसँग घण्ट बजाइरहेको बेला घण्ट खसेर उनलाई पूरेको थियो । पछि सुरक्षाकर्मीहरु आएर त्यो घण्ट उठाएर माथि पूराएपछि मात्र उनी बाहिर निस्कन पाए ।

0 comments
Write Down Your Responses