सद्दाम हुसेनको रगतले लेखिएको धार्मिक किताब

भिडियो हेर्न तल क्लिक गर्नुहोस

(एजेन्सी) – मानिसहरुले आफू मायामा पर्दा आफ्नो मायालुलाई फकाउनका लागि रगतले चिठ्ठी लेखेको कुरा हाम्रो लागि नौलो होइन । यस्ता कुराहरु हामीले देखेका र सुनेका छौँ । तर इराकका सद्दाम हुसेनले भने यस्ता कृयाकलापलाई छुट्टै उचाईमा पुराएका छन् । सन् १९९० ताका सद्दाम हुसेनले कुरानको एक कपी उनको रगतले लेख्ने बिचार गरे जसका लागि दुई वर्षको अवधिमा उनले आफ्नो २७ लिटर रगत दान दिए । उक्त किताब अहिले पनि छ र कसैलाई पनि त्यो किताब के गर्ने भन्ने कुराको निधो छैन ।



अहिलेका लागि सद्दामको रगतले लेखिएको कुरान बगदादको एक कोठामा ताल्चा लगाएर राखिएको छ । पवित्र र अपवित्र दुबै मानिने उक्त किताबलाई लिएर त्यहाँका अधिकारीहरु त्यसलाई जगेर्ना गर्ने अथवा नष्ट गर्ने भन्ने कुराको दोधारमा छन् । सद्दामलाई उनको त्यो किताबले केहि न केहि बखेडा गर्छ भन्ने थाहा थियो त्यसकारण उनले भनेका थिए कि त्यो किताबद्वार उनले भगवानलाई आफ्नो आस्था प्रकट गरेका हुन् किनभने उनको छोरो मृत्युको मुखबाट बाँचेका थिए ।


उक्त किताब रगतले लेखिएको भएर मात्र अचम्म भएको भने होइन, मानिसको रगतको प्रयोग गरिएको भएर त्यो अचम्म भएको हो । युनिभर्सिटी अफ डेलावेरका आर्ट कन्जर्भेसनका प्राध्यापक, ब्र्रुनो पाउलिओट भन्छन्, ‘पेन्ट गर्नका लागि रगत साधारण माध्यम हो । गोरुको रगत पेन्ट गर्नका लागि प्रयोग गरिने पुरानो र स्थायी माध्यम हो । ’ यो किताब विवादास्पद हुनुको कारण यसमा मानिसको रगत प्रयोग गरिनाले हो । डेलावेरका अर्का प्राध्यापक भिकि क्यासम्यान भन्छन्, ‘मानिसको अंग कुनै वस्तुमा परेको छ भने त्यो जहिले पनि विवादास्पद रहेको हुन्छ । धेरै मानिसहरुले त्यसमा मानिसको आत्मा पनि अड्किने बताउने गरेको पाइएको छ । ’ यदि त्यहाँका अधिकारीहरुले त्यो किताबलाई बचाई राख्ने सोचे भने त्यहि किताबको माध्यमबाट सद्दामचाँहि होइन उसको रगत भने धेरै वर्षसम्मको लागि बाँचिरहने छ । यदि मानिसको रगतलाई सुक्न दिइयो भने त्यो निकाल्न नमिल्ने गरेर त्यहिँ अड्केर बस्ने गर्दछ त्यसकारण त्यस किताबलाई बचाइराख्नका लागि धेरै कसरत गरिरहनु पर्दैन ।

उक्त किताब बनाउने क्रममा सद्दामले एउटा मानिसले जीवनभर पनि दान गर्न नसक्ने रगत दुई वर्षमा दिएका छन् । जुन २७ लिटर रगत उनले उपलब्ध गराए त्यति रगत भनेको उनको शरीरभरि हुने रगतभन्दा लगभग पाँच गुणा बढि हो । अमेरिकामा एक रक्तदाताले एकवर्षमा पाँचदेखि ६ पिन्ट रगत उपलब्ध गर्नसक्नेछन् जुन एक ग्यालेनभन्दा पनि कम हो । यसरी हिसाब गर्ने हो भने सद्दामले त्यति रगत उपलब्ध गराउनका लागि नौं वर्ष लगाउनुपर्दथ्यो । विज्ञहरुका अनुसार यदि सो कुरा तथ्य हो भने त्यति रगत दान गर्नाले उनमा रगतको कमी हुनसक्दथ्यो जसले उनको स्वास्थ्यस्थिति नाजुक हुनसक्दथ्यो । तर, यी सबै कुराहरु पढ्दा लाग्छ कि सद्दामलाई यो संसारमा आफ्नो केहि छाप छोड्न निकै हतार भएको रहेछ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses