सवारीचालक अनुमतिपत्रका लागि नयाँ व्यवस्था
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, ६ वैशाख, - तपाई सवारी चालक अनुमती पत्र लिन खोज्दै हुनुहुन्छ त्यसो भने अव नयाँ नियम पालना गर्नु पर्ने भएको छ । अव सवारी चालक अनुमती पत्रलिन नयाँ व्यवस्था लागु गरिएको छ । सवारी चालक अनुमति पत्र लाइसेन्सका लिनेले आगामी आईतबार देखि नयाँ ब्यवस्था अनुसारको परिक्षा उत्र्तीण गर्नुपर्ने छ ।

यातायात व्यवस्था विभागका अनुसार अब दुई पांग्रे सवारी साधन मोटरसाइकलका लागि सात र चार पांग्रे सवारीका लागि पनि सात प्रकारको परिक्षामा उत्र्तीण हुनुपर्ने छ । यसअघि लिखित परिक्षा र प्रयोगात्मक गरि दुई प्रकारको परिक्षामा उत्र्तीण भए लाईसेन्स लिन सकिने व्यवस्था थियो । जसअन्तर्गत चलाउनु पहिले सावधानी र सुरक्षा परीक्षण, ट्राफिक संकेतको परीक्षण, सवारी गति, गियर परिवर्तन, साँघुरो काठमा परीक्षण, -याम्प परीक्षण र समयको परीक्षण, ग्यारेज पार्किङ परीक्षण लगायत छन् ।
अब लाइसेन्स लिने परीक्षार्थीले प्रयोगात्मक परीक्षा स्थलमा आफ्नो सवारी साधन प्रयोग गर्न पाउने छैनन् । परिक्षार्थीले निर्धारित शुल्क तिरेर उपलब्ध गराइएको सवारीबाट नै प्रयोगात्मक परीक्षा दिनुपर्ने जनाइएको छ । ट्रायल दिने मोटरसाईकलका लागि ४७ रुपैया, स्कुटरका लाग ४६, कारको ९३, जीपका १२३, भ्यानको १२२ टेम्पोको १६३ र बसको २ सय ११ रुपैया तिर्नुपर्ने छ । बाग्मती अञ्चलमा दुई पांग्रेको नयाँ बानेश्वरस्थित ट्रलीबस कार्यालय र चार पांग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुने छ ।

0 comments
Write Down Your Responses