मापदण्ड विपरीतका किताब बेचियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नरहरि सापकोटा, गोरखा, चैत २०- शैक्षिक सत्र नजिकिँदै गर्दा गोरखा सदरमुकामका पुस्तक पसलमा मापदण्ड विपरितका किताव बिक्री भैरहेको छ। पसलहरुमा स्ट्याम्प छापबाट मूल्य अंकित पुस्तक बिक्री भइरहेका छन्।

एकता पब्लिकेशनको नर्सरी कक्षाका अधिकांश किताबमा मूल्य छापिएको छैन। तालवाराही पब्लीकेसनद्वारा प्रकाशित कक्षा एक देखि पाँचसम्मका सरल नेपाली ब्याकरण र एक देखि तीनसम्मको स्कुल ईङ्लिस ग्रामर किताबको मुल्य अनुसार गुणस्तर छैन।

व्यापारीका अनुसार पब्लीकेशनले नाफा कमाउन स्टक किताबको बाहिरी कभर परिर्वतन गरेर स्ट्याम्प लगाउँदै नयाँ मुल्य अंकित गरेका हुन्। सरल नेपाली व्याकरणको मुल्य एक सय ४० अंकित छ। किताव ८० पेजको छ। कितावमा प्रयोग भएको कागज मापदण्ड अनुसार नभएको व्यापारी बताउँछन्। स्कुल ईङ्लिस ग्रामर ६६ पेजको छ। यसमा एक सय ५० रुपैयाँको स्टयाम्प लगाइएको छ। कितावको कभर र मुल्य नयाँ भएपनि संस्करण भने २०६८ कै छ।

सदरमुकामका एक पसले भन्छन्, 'पब्लीकेशनले जस्तो पठायो बोर्डिङ स्कुलले जुन किताब लगायो, हामीले त्यहि व्यापार गर्ने हो।' बजारमा धमाधम मापदण्ड पुरा नगरेका पुस्तक बिक्री भईरहँदा समेत सम्बन्धित निकायले अनुगमन नगरेकामा अभिभावक दुःखी छन्। विगतमा शैक्षिक सत्र सुरु हुन अघि पुस्तक पसल अनुगमन गर्ने शिक्षा कार्यालयले पनि यो वर्ष चुप छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses