नेपाल चिनाउने अभियानमा बेलायती जोडी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१ वैशाख, काठमाण्डौं । बेलायती दम्पती बब गिबन्स र सान पिचर्ड जोन्सले अन्नपूर्ण र मनास्लू पदमार्ग चिनाउने पुस्तक लेखेका छन् । बेलायतको सिसेरोन कम्पनीले उनीहरुद्धारा लिखित ‘अन्नपूर्ण’ गाइड बुक छापेको छ भने काठमाण्डौंको हिमालयन म्याप हाउसले ‘ट्रेकिङ अराउन्ड मनास्लु एन्ड चुम भ्याली’ ।

सिसेरोन पदमार्गको मात्रै गाइड बुक छाप्ने कम्पनी हो । म्याप हाउसले चाँही पर्यटकीय गन्तव्यहरुको नक्सा, पोस्टर र गाइड बुक छाप्ने गरेको नागरिक दैनिकमा खबर छ ।

‘अन्नपूर्ण’ मा अन्नपूर्ण बेस क्याम्प, नार-फु, घोडेपानी-घान्द्रुक, न्यू अन्नपूर्ण ट्रेकिङ, खोप्रा ट्रेक, अन्नपूर्ण सर्किटलगायत १४ वटा पदमार्गको चिनारी छ । त्यस्तै ‘ट्रेकिङ अराउन्ड मनास्लु’ मा लार्के पास, चुम भ्याली, रुपिना ला, लोअर मनास्लु र गणेश पदमार्गको सचित्र वर्णन गरिएको छ।

पेशाले दुवैजना पर्यटनकर्मी हुन् । उनीहरुको कम्पनी ‘एक्सपिडिसन वल्र्ड’ ले विदेशीलाई नेपाल घुमाउँछ । उनीहरु आफै पनि वर्षको दुईपटक नेपाल आउँछन् । बब पहिलोपटक सन् १९७४ मा ल्यान्ड रोभर चढेर बेलायतबाट इरान, भारत हुँदै काठमाण्डौं आएका थिए ।

‘त्यो बेला काठमाण्डौं स्वर्गैजस्तो थियो,’ हालैको एक मध्यान्ह ठमेलको रेस्टुरेन्टमा भेटिएका ६१ बर्षे बबले ती दिन सम्झे, ‘मन्दिरै मन्दिर र हिमालयको देश भन्ने सुनेर म यता आएको थिए र त्यस्तै पनि पाँए ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses