अमेरिकामा आतंकवादी आक्रमण, तीनको मृत्यु, १४१ घाइते (साथमा तस्बिर र भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
अमेरिकाको बोस्टनमा म्याराथुन भइरहेको स्थानमा भएको आतंकवादी बम आक्रमणमा अहिलेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा १४१ जना घाइते भएका छन्। ती मध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको सीएनएनले जनाएको छ। म्याराथुन सकिने ठाउँ नजिकै दुई वटा बम विस्फोट भएपछि खुसियालीको वातावरण एकाएक शोकमा परिणत हुन पुगेको थियो। मृत्यु हुनेमध्ये एक जना आठ वर्षका बालक छन्। घाइतेमा पनि आठ जना बालबालिका छन्।

आक्रमण कसले र किन गर्यो भन्ने बारे केही थाहा हुन सकेको छैन। राष्ट्रपति बाराक ओबामाले दोषी जो भए पनि उसलाई न्यायको कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
संघीय अधिकारीहरुले आक्रमणलाई 'आतंकवादी' भने पनि यसका पछाडि कुन समूह वा व्यक्ति संलग्न छ भन्ने बारे केही पत्ता लगाउन सकेका छैनन्।

बोस्टन ग्लोबका पत्रकार विस्फोट स्थल नजिकै थिए। उनले खिचेको भिडियो-

भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses