के भित्रियो राता-रात विमानस्थलबाट ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, चैत २९– युद्वको बेला हतियार किन्नु त स्वाभाविकै हो तर शान्ति प्रक्रियाले एउटा चरण पुरा गर्न नभ्याउँदै नेपाल सरकारले हतियार खरिद गर्न किन हतार गरेको होला ? के बन्दुक नभएर नेपाली सेनाका जवानहरुले पनि प्रहरी जवान हरुले झैं डण्डामात्र हल्लाउनु पर्ने अवस्था सिर्जना भएकै हो त ? कारण जे सुकै होस्, परराष्ट्रका कर्मचारी कालिप्रसदको नेतृत्वको एउटा टोली हतियार छान्न बैंग्लोर गैसकेको छ । अरुतिरबाट हतियार किन्दा भारतको पारो तात्ने डरले नै हाला सायद नेपाल सरकारले आँखा चिम्मेर भारतीय हतियार भिœयाउने निर्णय गरेको हो ।

नेपालले हतियारमा पैसा खर्च गर्नुको के अर्थ भनिसोध्दा रक्षा मन्त्रालयकै एक हाकिम भन्छन, ‘दुईओटा आणविक अश्त्र यूक्त राष्ट्रको बीचमा बसेर बन्दुक किन्नु बेकार छ तर के गर्नु सेना राखेपछि हतियार दिनै प¥यो ।’ एउटा टोली बैंलोरमा हतियार किन्न पुगेको बेला गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अर्को ११ सदस्यीय टोलीचाँही राष्ट्रिय परिचयपत्र कसरी जारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न भारतको जन्मजात शत्रु राष्ट्र पाकिस्तान तर्फ शनिबार लाग्ने भएको छ ।



यसैबीच चैत २५ गते निकै ठूलो परिणाममा केही संवेदनशील सामग्रीहरु भारतीय दूतावासको नाममा त्रिभूवन विमानस्थलबाट भित्रिएको छ । विमानस्थलबाट ट्रकका ट्रक ओसारिएका ति सामनहरु के थिए भन्नेबारे विमानस्थल भन्सारका कर्मचारी पनि बोल्न चाहदैनन् भने तल्ला तहका मजदुरहरु चाहीं कुनैमा ल्यापटप , कुनैमा कम्प्यूटर छ भनिएपनि उक्त बाकस (कार्टुन) हरु भित्र अन्य सामग्रीहरु नै रहेको बताउँछन् । नेपालमा चुनाव हुने तयारी भइरहेका बेला र निर्वाचनलाई नै एकसूत्ररीय राष्टिय« एजेण्डा बनाएर सबैको ध्यान त्यतातिर केन्द्रीत भइरहेको बेला भारतले नेपाल भिœयाएको ति गोप्य सामानहरुले शंका उब्जाएको कतिपयको भनाई रहेको छ । source : onlinegreatway.com

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses