Amazing News
»
हाकिमसंग सेक्स गरेपछी मात्रै जागिर पाउछन् रुसी केटीहरुले
हाकिमसंग सेक्स गरेपछी मात्रै जागिर पाउछन् रुसी केटीहरुले
आफुलाई मन पर्ने जागिर खानका लागि हरेक ५ जनामा एक जना रुसी युवायुवती हाकिम वा रोजगारदातासँग सेक्स गर्न तयार हुने एक अध्ययनले देखाएको छ । रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एगि्रगेटरको सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो । आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग सेक्स गर्नका लागि आफु तयार हुने बताए ।६५ प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिए । सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ । स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए ।
0 comments
Write Down Your Responses