दिदीबहिनीले जलाए १७ लाख
२८ पुस, एजेन्सी । पाकिस्तानको झेलममा दुई दिदीबहिनीले करिब १७ लाख पाकिस्तानी रूपैयाँ आगो लगाएका छन् । पाकिस्तानको एक समाचार पत्रका अनुसार ४० वर्षीय नहीद र ३५ वर्षीय रूबिनाले बिहिबार नेशनल बैक अफ पाकिस्तानको एक स्थानिय शाखाबाट पैसा निकालेर जलाइदिएका हुन् । उनीहरूले उक्त रकम फिक्स डिपोजिटमा राखेका थिए ।

एक प्रहरी अधिकारी अफजल बटले दुवै बहिनी दिउँसो पैसा निकालेर बैकको शाखाबाट बाहिर निस्केको र पैसा जलाइदिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार जब दुई दिदीबहिनीले यस्तो गर्नबाट रोक्ने प्रयास गरियो, तब एक जनाले पेस्तोल निकालिन् र भनिन्, 'हामीले जे गर्न चाहन्छौ त्यो आफ्नो अधिकार हो ।'
ती दिदीबहिनीले आफ्नो पैतृक सम्पती बेचेर पछिल्लो वर्ष बैकमा २८ लाख रूपैयाँ जम्मा गरेका थिए । प्रहरीका अनुसार दुवै दिदीबहिनी अविवाहित हुन् र आफ्नो भाइहरूसँग छुट्टै बस्दै आएका छन् । रिपोर्टहरूलाई मान्ने हो भने ती दुई दिदीबहिनी मानसिक रूपले अस्वस्थ छन् ।
0 comments
Write Down Your Responses