डलर फेरि १०० पुग्यो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२३ पुस, काठमाण्डौ । पछिल्लो एक महिनायता केही बलियो देखिएको नेपाली रुपैयाँ फेरि ओरालो लागेको छ ।
एक महिनादेखि सय रुपैयाँ तल रहेको अमेरिकी डलरको दर फेरि एक सय पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्रि दर एक सय रुपैयाँ तय गरेको छ । बाणिज्य बैंकहरुले योभन्दा केही महंगोमा कारोबार गर्छन् ।
अंग्रेजी नयाँ बर्षको सुरुवातसँगै भारतीय रुपैयाँ डलरसँग कमजोर भएपछि त्यसको असर नेपाली रुपैयाँमा पनि देखिन थालेको हो । पछिल्ला दुई दिनमा भारतीय पूँजी बजार ओरालो लागेको छ । जसले गर्दा बिदेशी संस्थागत लगानीकर्ताहरुले भारतीय पूँजीबजारबाट लगानी झिकिरहेका छन् ।
आयातमा आधारित अर्थतन्त्र भएकाले पनि डलरको भाउ महंगो हुँदा नेपाललाई घाटा लाग्छ । केही निर्यातजन्य उद्योग र पर्यटन उद्योगमा भने यसले सकारात्मक असर पार्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses