कुकुरले ओछ्यानमै पुगेर अभियुक्तलाई समात्यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, ‘कुनै दम्पतीका चार सन्तान मध्ये एकजनाले भान्सामा राखेको स्याउ चोरेर खाएमा उसले नभने सम्म त्यो कुरा पत्ता लगाउन सकिँदैन भने महानगरको एक निर्जन स्थानमा रातको समयमा संगठित र सुनियोजित तरिकाले गरिएको अपराध पत्ता लगाउन कति सहज होला ?’ महानगरीय प्रहरी अपराध महाशाखाको वेबसाइटमा यस्तो लेखिएको छ ।



तर नेपाल प्रहरीकै रोनी नामको कुकुरले अभियुक्तलाई ओछ्यानमै पुगेर समातिदिएको छ । अन्नपूर्ण पोस्टमा प्रकाशित एक समाचार अनुसार काठमाडौं मातातीर्थका ६० वर्षका सानुकाजी तामाङको हत्यामा संलग्न सोही ठाउँका विशाल तामाङलाई प्रहरीको कुकुर तालिम केन्द्रको रोनीले सोमबार बिहान सुतिरहेकै ठाउँमा पुगेर पक्राउ गर्न सहयोग गरेकेा हो ।

सानुकाजीको आइतबार राति मातातीर्थकै ढाक्सिङ जंगलमा हत्या भएको थियो । प्रहरीका अनुसार सानुकाजीकी ४८ वर्षकी पत्नी पूर्णलक्ष्मी र २२ वर्षका विशालबीच अनैतिक सम्बन्ध थियो । सोही सम्बन्ध लुकाउन विशाल र पूर्णलक्ष्मीले मिलेर सानुकाजीको हत्या गरेको कुरा समाचारमा उल्लेख गरिएको छ । source : medianp

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses