दुई दिनमै ‘धुम ३’ ले कमायो ६४ करोड, चेन्नइको रेकर्ड तोडियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘धुम ३’ ले पहिलो दिनमा ३६ करोडको कमाई गर्दै यसअघि साहरुख खान अभिनित चलचित्र चेन्नई एक्सप्रेसले बनाएको ३३ करोडको रेकर्डलाई उछिनेको छ । चलचित्रले भारतका ४ हजार भन्दा बढि हलमा यो कमाई गरेको हो । यो सिनेमाको मल्टिप्लेक्स टिकट मुल्य ९ सय पुर्‍याइएको छ ।



दोश्रो दिन चलचित्रले २८ करोडको व्यापार गरेको वुझिएको छ । शनिबारसम्म आइपुग्दा ‘धुम ३’ को कमाई ६४.२२ करोड पुगेको छ । चलचित्रले आज ३६ करोडको व्यापार गरेको खण्डमा १ सय करोडको क्लबमा सहभागी हुनेछ ।

साहरुख खानको ‘चेन्नई एक्सप्रेस’ले ३५ सय हलमा दोश्रो दिन २८.५ करोडको व्यापार गरेको थियो । यो ‘धुम ३’ ले ४ हजार पर्दामा गरेको कमाई भन्दा केही माथि हो । यो सिनेमाले ओभरसिजमा ३७ करोडको कमाई गरेको छ । यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्रले ३ सय करोड भारतबाट मात्र कमाउने आशा गरिएको छ । आमिर खानको याक्सनले भरिएको ‘धुम ३’ लाई नेपालमा पनि राम्रो ओपनिङ मिलेको वुझिएको छ । चलचित्रमा कटि्रना कैफ, अभिषेक बच्चन, उदय चोपडा लगायतका कलाकारले पनि अभियन गरेका छन् । चलचित्रलाई समिक्षकहरुले भने गतिलो भनेका छैनन् । यसैले पनि आइतबार पछि चलचित्रले गर्ने व्यापारबाटै यसको भविष्य आँकलन गर्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses