साउदी पठाउने भन्दै १३ लाख ठगी
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२४ चैत, काठमाण्डौं । विदेश पठाउने भन्दै १७ जनालाई ठगी गरेको अभियोगमा प्रहरीले पर्वत दिमुवाका प्रदीप गुरुङलाई पक्राउ गरेको छ । साउदी अरबको अलभेरा कम्पनीमा काम गर्न पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।
उनले ठगी गर्नकै लागि अर्कैको नाममा नागरिकता, राहदानी र सवारी चालक अनुमतिपत्र नक्कली निकालेका थिए । ३३ बर्षका उनले ५ महिनाअघि म्याग्दीको बेनी पुगेर त्यहाँ स्थानीइ भोगमाया बुढाथोकीसँग बिबाह गरेका थिए । त्यहीबाट सीता गुरुङ र आफ्नै साढु दाईमार्फत ७/७ ला गरी १४ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।
उनले त्यहाँ बिबाह गरेकी बुढाथोकीलाई त्यही छाडेर दमौलीकी आस्मा लम्साल भन्ने युवतीसँग प्रेम विवाह गरेका थिए । लम्साललाई लिएर केही समय काठमाण्डौं बसेपछि दोलखामा बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses