श्रीमानलाई खुशी बनाउने अचुक उपाय
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
धेरै समय पहिलेको कुरा हो । एक वृद्ध सन्यासी हिमालय पर्वत नजिकैको एउटा गाउँमा बस्थे । उनी बडो ज्ञानी र चतुर थिए । उनको बुद्धिमत्ताको ख्याति टाढा टाढा सम्म फैलिएको थियो । एक दिन एकजना महिला उनको आश्रममा आइन् र बिलौना गाउदै रुन थाली- "बाबा, मेरो पति मसँग अत्यन्तै प्रेम गर्नुहुन्थ्यो । तर उहाँ जुन दिनदेखि युद्धको मैदानबाट फर्किनु भयो-त्यो दिनदेखि मसँग राम्ररी बोल्नुहुन्न । म बडो धर्म संकटमा परेकी छु । लौन, म के गरु ?”
"युद्धले मान्छेको नौनी जस्तो कोमल मनलाई पत्थर जस्तै कठोर बनाइदिन्छ, युद्धको धर्म नै यही हो" सन्यासीले भने।
"मान्छेले भनेको सुनेथें मैले । तपाईले दिनुभएको जड़ी-बुटीले जस्तै कठोर मनमा पनि प्रेमको हरियाली लह-लहाउन सक्छ रे । कृपया मलाई पनि त्यो जड़ी-बुटी दिनुस्" महिलाले सन्यासी समक्ष विन्ती बिसाइन् ।
सन्यासी महिलाको शब्दमा केही क्षण सोचेर बोले- "देवी म तिमीलाई त्यो जड़ी-बुटी ज़रूर दिन्थें । तर कुरा के भने नि, त्यो औषधी बनाउन एउटा यस्तो चीज चाहिन्छ कि त्यो चीज मसँग अहिले सिद्धिएको छ ।"
महिलाले भनी-तपाईलाई के चाहिन्छ भन्नुस् म लिएर आउँछु ।
मलाई बाघको जुघाँ चाहिएको छ, सन्यासीले भने ।
भोलिपल्ट महिला बाघको खोजीमा जंगलतर्फ प्रस्थान गरिन् । धेरै प्रयासको बावजुद उनले नदीको किनारमा एउटा बाघ देखिन् । बाघ महिलालाई देख्ने बित्तिकै आफ्ना दाह्रा निकालेर ङ्यार-ङ्यार ङुर-ङुर गर्दै झम्टिन थाल्यो । महिला डरले दगुर्दै घर फर्किन् । फेरि भोलि पल्ट उनी त्यही नदीको तटमा पुगिन् । त्यो दिन पनि बाघले महिलालाई देख्ने बित्तिकै अघिल्लो दिन झैँ झम्टियो । त्यो दिन पनि महिला डरले बाघको नजिक पुग्न सकिनन् । डरले घर फर्किन् । रातभरि सोचिन् । विहान भयो । उनी नदीको किनारमा पुगिन् । हिम्मत जुटाएर महिला बाघको नजिक पुग्थिन्, डरले फर्किन्थिन् । यो क्रम दुई तीन हप्तासम्म चलिरह्यो । हुँदाहुँदै महिना दिन ब्यतित भए ।
त्यसपछि बिस्तारै बाघलाई पनि महिलाको आदत लाग्यो । अब महिलालाई देखेर सुरु सुरुमा जुन व्यवहार देखाउथ्यो त्यो कम भयो । महिलालाई देख्दा बाघ सामान्य अवस्थामै रहन थाल्यो । महिलाको मनमा बाघप्रतिको डर कम भयो । उनी बाघको लागि मासु लिएर जान थालिन् । बाघ पनि आफूलाई मन पर्ने खानेकुरा पाएकोमा खुशी हुँदै स्वाद लिएर चपाइ-चपाइ खान्थ्यो । दिनुहुँ मासु कोसेली लिएर भेट्न जाने महिला र बाघको मित्रता बढ्न थाल्यो । महिलाले बाघको शरीरमा आफ्ना हात राखेर थपथपाउन थालिन् ।
एकदिन महिलाले आफ्नो उदेश्य पूरा गरेर छाडिन् । उसले बाघ निदाइरहेको बेला बाघको जुँघा उखेलेर उनी सन्यासी भएको ठाउँमा पुगिन् । खुशीले गद-गद हुँदै भनीनिन् - बाबा मैले बाघको जुँघा लिएर आएँ ।
“धेरै राम्रो । तिमीले निक्कै बहादुरीको काम गर्यौ देवी" यत्ति भन्दै सन्यासीले बलिरहेको आगोमा बाघको जुँघा फालिदिए ।
महिलाले भनी-तपाईले यो के गर्नु भाको बाबा ? तपाईलाई थाहा छैन मैले यो एउटा जुँघाको लागि कति मेहनत र परिश्रमको पसिना बगाएकी छु । तर तपाईले त्यसलाई आगोमा जलाएर नष्ट पारिदिनुभयो । अब मेरो जड़ी-बुटी कसरी बन्छ ?
सन्यासीले भने-देवी अब तिमीलाई यस्तो जड़ी-बुटीको कुनै आवश्यक छैन । तिमी गम्भीरतापूर्वक सोच त ! तिमीले बाघलाई कसरी आफ्नो वशमा पार्यौ ? जब एउटा हिंस्रक पशुलाई धैर्य र प्रेमले जित्न सकिन्छ भने एउटा विवेकशील मान्छेलाई प्रेमले आफ्नो बनाउन केको मुश्किल ?

- धार्मिक शास्त्रबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses