पोर्चुगलमा एक नेपालीले झुण्डिएर आत्महत्या गरे
पोर्चगल,पोर्चगल चार वर्षदेखि पोर्चुगलको लिस्वोनमा बस्दै आएका एक नेपालीले आत्महत्या गरेका छन । बाग्लुङ कुडुले स्थायी ठेगाना भएका २७ वर्षीया राजेन्द्र आचार्यले पोर्चगलको एक पार्कमा झुन्डिएर आत्महत्या गरेका हुन । शनिबार बेलुकाको कामबाट घर नआई भोलि पल्ट घर नजिकैको पार्कमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको बतइएको छ ।
स्वर्गीय आचार्यको साथमा रहेको परिचय पत्रको आधारमा उनिसँग बस्ने साथीहरुलाई लिस्वोन प्रहरीले खबर गरेपछि नेपाली समुदायले थाहा पाएका थिए। उक्त घटनाको जानकारी लिस्वोन प्रहरीबाट थाहा पाउने बित्तिकै आचार्यको पार्थिव शरीर राखेको लिस्वोनको स्वाँ जोजे हस्पिटलमा घटनाको यथार्थ जानकारी बुझ्न जम्मा भएका नेपालीहरुलाई हस्पिटल स्रोत र प्रहरीले डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा आइतबार बिहान फेला पारेको जानकारी गराएको थियो । करिब चार वर्ष अघि पोर्चुगल आई वैधानिक रुपमा बस्दै आएका आचार्यको नेपालमा ३ वर्षको एक छोरी, श्रीमती र करिब ६० वर्ष नजिकका बुबा आमा रहेको बताइएको छ ।copied by : biswokhabar
0 comments
Write Down Your Responses