कांग्रेस-एमालेलाई घिसारेर मैले संविधानसभाको चुनावमा ल्याएको होःप्रचण्ड

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२६ कार्तिक,कैलाली। एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले जनताको फैसलामा मात्रै विश्वास गर्न सकिने बताएका छन् । मेची–महाकाली जागरण राष्ट्रिय अभियानअन्तर्गत मंगलवार कैलालीको अत्तरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले जनता सर्वोपरी भएकाले जनताको फैसला मात्रै मान्य हुने बताए । उनले जनमतको आधारमा हुने फैसलालाई कदर गर्न एमाओवादीले फेरि एकपटक संविधानसभाको निर्वाचनमा अगाडि आएको बताए । त्यसैका लागि एमाले र कांग्रेसलाई पनि संविधानसभाको चुनावमा आफूहरुले घिसारेर ल्याएको पनि अध्यक्ष प्रचण्डले दाबी थियो।



प्रचण्डले एमाओवादीलाई जनताले बहुमत दिएर जनताको पक्षमा अग्रगामी र संघीयतासहितको संविधान जारी राख्न सहयोग पु-याउनेमा आफू विश्वस्त रहेको बताए ।उनले नेपाली जनतालाई एमाले कांग्रेसले पटकपटक धोका दिएको भन्दै उनीहरुको विश्वास गर्न नहुने समेत बताए ।

उनले संविधानसभाको २० प्रतिशत मात्रै काम बाँकी रहेको बताउँदै उनले ६ महिनासम्म विवादित विषयमा सहमति जुटाउने प्रयास गरिने र नभएमा बहुमतको आधारमा टुंगो लगाएर एक वर्षमै जनपक्षीय र अग्रगामी संविधान दिने जनतालाई विश्वास दिलाए ।

आफ्नो नेतृत्वमा सरकार भएको बेला सबैभन्दा अग्रगामी बजेट तथा कार्यक्रम आएको दावी गर्दै अध्यक्ष प्रचण्डले ति बजेट तथा कार्यक्रम एमाले र कांग्रेसको मोर्चाले अगाडि बढाउन नदिएको बताए ।

उनले जनताको ऋण मिनाह गर्ने, सुदूरपश्चिममा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जस्ता काममा एमाले कांग्रेसले अवरोध गरेको जानकारी दिए । nepaliheadlines

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses