कार्यकर्ता रिहाइको माग गर्दै इलाम - पाँचथर अन्श्चितकालीन बन्द
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
इलाम- चन्दा उठाउँदै गरेको अवस्थामा पक्राउ परेका आफ्ना कार्यकर्ता विनासर्त रिहा गर्नुपर्ने माग राख्दै नेकपा – माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले पूर्वका जिल्ला इलाम र पाँचथर अनिश्चितकालिन बन्द आह्वान गरेको छ।
बन्दका कारण आज विहानै देखि मेची राजमार्गमा साना तथा ठूला सवारी साधन चल्न सकेका छैनन्। बन्दका कारण उद्योगधन्दा, बजार बन्द रहेका छन्। बन्दका समयमा प्रेस, एम्बुलेन्स, दूध, चियाका सवारीलाई भने निर्वाध चल्न दिइने नेकपा – माओवादी इलामकी सह– इन्चार्ज सिन्धुले बताइन्।
चन्दा संकलन गर्दै हिंडेको अवस्थामा मोर्चाका पाँच जना कार्यकर्तालाई प्रहरीले इलामको चमैता स्थित पासाङटारबाट बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विजय नेम्वाङ, यामप्रसाद नेम्वाङ, चन्द्र नेम्वाङ, घनेन्द्र नेम्वाङ र तेजबहादुर सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। उनीहरुका साथबाट एक थान खुकुरी सहित चन्दा उठाएको रसिद र दुई हजार तीन सय रुपैयाँ र एक थान हेण्ड माइक बरामद गरिएको प्रहरी नायक उपरीक्षक भीमबहादुर दाहालले बताए। उनीहरुलाई सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्दा दर्ता गरि कार्वाही अघि बढाइएको दाहालले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरु पाँचथर जिल्लाका रहेको र आज इलामको घुर्विसे पञ्चीमा हुनलागेको मोर्चाको सम्मेलनलाई सहयोग संकलन गर्न गएको सह–इन्चार्ज राईले जानकारी दिइन्।

0 comments
Write Down Your Responses