कलाकारको जम्बो टोली एकाविहानै काँग्रेसमा

प्रवेश गर्नेमा जीवन लुइटेलदेखि झरना थापासम्म

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२३ कात्तिक, काठमाण्डौ । अब को कलाकार कुन पार्टीमा छैनन् भन्दा पनि कुन कलाकार कुन पार्टीका भन्ने दिन आएको छ । नेपाली सिनेमाका अधिकांश कलाकार एउटा न एउटा पार्टीको झण्डा मुनि देखिएका छन् । शनिबार एक बिहानै १ सय २५ कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेपछि उनीहरुको कित्ता छुट्टएिको हो । जुन भिडमा नायक जीवन लुइटेल देखि नायिका झरना थापासम्म छन् ।



उनीहरुलाई नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नै निवास महाराजगञ्जमा एक कार्यक्रमका वीच माला र टिका लगाएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश गर्ने भिडमा नायक धिरेन शाक्य, नायक आयुष रिजाल, मुकेश ढकाल, विरेन श्रेष्ठ, निरज बराल, नायिका रुपा राना, मेलिना मानन्धर रहनु भएको छ ।

यस्तै निर्देशक रमेश वुढाथोकी, सुरज सुब्बा, खलनायक आकाश खवास, छायांकार पुरुषोत्तम प्रधान, फोटोग्राफर राजिव श्रेष्ठ, गायक प्रकाश ओझा, सन्तु तामाङ, रामेश्वर कार्की, प्रभुशम्शेर जवरा, श्याम राईसहित एक सय २५ जना कलाकारहरु काँग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि कलाकारहरुले संविधान सभाको निर्वाचनमा प्रजातान्त्रिक पार्टी कांग्रेसलाई जिताउनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses