डाक्टरले उमारे युवतीको वक्षस्थलमा अनुहार (फोटोफिचर सहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चीनका वैज्ञानिकले चिकित्सा विज्ञानमा चमत्कार गर्दै एक किशोरीको वक्षस्थलमा अनुहारको सिर्जना गरेका छन् । पाँच वर्षको उमेरमै डढेर गम्भीर घाइते भई अनुहार कुरुप भएकी जु जियानमेइको वक्षस्थलमा अनुहार सिर्जना गरी त्यसलाई उनको अनुहारमा प्रत्यारोपण गरिएको हो ।



अहिले १७ वर्षकी भएकी जुको फुजियानस्थित एक अस्पतालमा शल्यक्रिया गरी वक्षस्थलमा विकाश गरिएको अनुहारको आकृति डढेको अनुहारमै प्रत्यारोपण गरिएको हो । बाल्यकालमा गम्भीर रुपमा डढेपछि उनको चिउडो, परेला तथा कान लगायतका भाग गुमेका थिए ।



डाक्टरहरुले उनको शल्यक्रिया निशुल्क गरिदिएका छन् । वक्षस्थलमा अनुहारको विकाश गर्नका लागि चिकित्सकहरुले उनको खुट्टाबाट रक्तनली वक्षस्थलको मांशपेशीमा प्रत्यारोपण गरेका थिए । त्यसपछि पानीको भरिएको बेलुनको सहायताले वक्षस्थलको छालालाई पर्याप्त मात्रामा फैलावट गरी नयाँ अनुहारको आकृति तयार पारियो । त्यसपछि उक्त आकृतिलाई ८ घण्टाको सघन शल्यक्रिया पछि उनको अनुहारमा प्रत्यारोपण गरियो ।



शल्यक्रियापछि बिउँझिएकी जु ले जिवनमा १२ वर्षपछि आफुले मज्जासँग मुस्कुराउन पाएको र आफु निकै खुसी भएको बताइन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses