नेपाल बन्दले जनजीवन प्रभावित,कतै कार, कतै बस र ट्रक तोडफोड
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२ असार, काठमाडौं ।
संविधानसभा निर्वाचन विरोधको नेतृत्व गरिरहेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादी सहित ३३ दलले आइतबार नेपाल बन्दको आव्हन गरेका छन । बैद्य बन्द घोषणाको आव्हान अर्थात आग्रह नमानेका नागरिकले आफ्ना सवारी साधन चलाउँदा विभिन्न ठाउँमा अराजक बन्द कर्ताले सवारी साधन तोडफोड गरेका छन ।

आव्हन भनेपनि जर्वजस्ती बन्द गराइरहेका बन्दकर्ताले दाङमा आइतवार बिहानै एउटा यात्रुवाहक बस र ट्रक तोडफोड गरेका छन । यस्तै गोरखामा माओवादीका कार्यकर्ताले निजी कार तोडफोड गरेका छन । माओवादी कार्यकर्ताले आँबुखैरेनीबाट गोरखा सदरमुकाम आउँदै गरेको बा ५ च ८२३८ नम्बरको कार तोडफोड गरेका हुन् ।
बन्दको अवज्ञा गरेकाले कार तोडफोड गरेको नेकपा माओवादी गोरखा जिल्ला इन्चार्ज परशुराम रम्तेलले बताए । बिहानै देखि पानी परिरहेकाले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बन्दकर्ताहरुको उपस्थिति सामान्य रहेको छ । केही बन्दकर्ताहरु छाता ओढेर बजार, सवारी साधन बन्द गराउँदै हिँडेको देखिन्थ्यो ।
शुक्रबार सरकारले मंसिर ४ गते संविधानसभाको निर्वाचन घोषणा गरे लगत्तै ३३ दलले निर्वाचनको बिरोध गर्दै बन्द गराएका हुन ।
यस्तै दाङमा पूर्वबाट दाङतर्फ आउँदै गरेका लु १ ख ३२३८ नम्वरको बस र ना ४ ख ८२७३ नम्वरको ट्रकलाई बन्दकर्ताले घोराही लमही सडक खण्डको कटुवा खोला नजिकै तोडफोड गरेका छन् । तोडफोडबाट बसका सबै सिसा फुटेका छन्। ट्रकको अघिल्लो भागका सबै सिसा बन्दकर्ताले फुटाएका छन् ।
बन्दका कारण बिहानै गाडी नचल्दा नागरिकहरुलाई कठिनाइ भएको छ । उपत्यका बाहिर जाने र भित्रीने गाडीहरु पनि चलेका छैनन । पानी परे पनि बन्दकर्ताहरु बिहानै सडकका चोक चोकमा भेला भएर गाडी चल्न रोक लगाइरहेका छन् । काठमाण्डौंका चोक चोकमा प्रहरीहरु पनि बाक्लो संख्यामा तैनाथ गरिरहेका छन् । बन्दका कारण विद्यालयहरु बन्दहुँदा लाखौ विद्यार्थीको पढाई प्रभावित भएको छ ।
बन्दको बेला पनि एम्बुलेन्स, प्रेस र अति आबश्यक सवारीलाई भने चल्न बन्दकर्ताले बताएका छन् । बन्द साँझ ६ बजेपछि मात्रै बन्द खुल्नेछ । बन्दकर्ताले प्रमुख चारदलबीच भएको ११ र २५ बुदे सहमति खारेज गरि नयाँ सहमतिमा जानुपर्ने माग गर्दै आएका छन् । सरकारले वार्ताका लागि आहृपान गरेपनि चुनावको मिति घोषणा गरेको भन्दै उनीहरुले वार्ता पनि नगर्ने बताइरहेका छन् ।

0 comments
Write Down Your Responses