एमाओवादीले पैसामा मत किन्यो – एमाले

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, २८ कात्तिक । एमालेले एमाओवादीले पैसामा मत किनेको आरोप लगाएको छ । पार्टी मुख्यालय बल्खुमा आज पत्रकार सम्मेलन गरेर एमालेले एमाओवादीले मतदाताहरु पैसामा किनेको आरोप लगाएको हो ।



पत्रकार सम्मेलनमा बोल्दै नेता प्रदिप नेपालले एमाओवादीबाट मोरङ क्षेत्र ९ र काठमाडौं क्षेत्र नं. २ मा मतदाता खरिदका लागि पैसाको दिन थालेका प्रमाण आफूहरुसँग आएको बताएका छन् । उनले मत किन्नु मानवता बिरोधी काम भएको बताए । साथै उनले यस बिषयमा निष्पक्ष छानबिन गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराए । एमालेको पक्षमा जनलहर उर्लिएपछि पार्टीविरुद्ध सुनियोजित र हिंसात्मक आक्रमणका घटना हुन थालेको एमाले जनाएको छ ।

एमालेले निर्वाचन भनेको बम र बन्दुकको खेल नभएको बुझ्न पनि एमाओवादीसँग आग्रह गरेको छ । वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिदै एमालेले सहमतिमा आउन नेकपा माओवादीसँग आग्रह गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses