समनको दाबी ‘रिमालाई छोडेर सुप्रियालाई च्यापेको छैन’

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भिडियो निर्देशक समन अधिकारी र मोडल रिमा विश्वकर्माको निकटता लामै समय देखिको हो । विशेषगरी रिमालाई आफ्नो कम्पनी रेश्क्यूको सचिव बनाएपछि यि दुइको सम्बन्धको बिषयमा बजारमा हल्ला चल्न थालेको हो ।



रिमाको काम गर्ने क्षमताले गर्दा नै उनलाई साथ दिएको बताउने समनले पछिल्लो समय नव मोडल सुप्रिया कटुवालसँग निकटा बढाएको देखिन्छ । समनको ७ वटा भिडियोमा सुप्रिया हाबी भएपछि रिमा उनको क्याम्पबाट बाहिरिएको खबर पनि बजारमा नचलेका होइनन् ।

तर अनलाइनखबरसँग यो बिषयमा कुरा गर्दै समनले रिमा र आफू बिचको सम्बन्धमा कुनै किसिमको दुरी नआएको बताएका छन् । ‘हामी पहिले जस्तो थियौ, अहिले पनि त्यस्तै छौ’, समनले भने ।

रिमाले अभिनय गरेका आधा दर्जन भन्दा बढि भिडियो बजारमा आउन बाँकी रहेकाले केही समय उनलाई बिश्राम दिएको समनले बताए । अर्कोतिर सुप्रिया पनि एक राम्रो क्षमता बोकेको मोडल भएकाले नयाँलाई अबसर दिन भिडियोमा लिएको उनको तर्क छ ।

हालै मात्र समनले रिमासँगै एक नयाँ भिडियोमा पनि काम गरेका छन् । ‘नयाँलाई अबसर दिदा बजारमा नराम्रो हल्ला चल्ने, एउटालाई मात्र लिदा पनि नकारात्मक सोचिने, अब खै के गर्नु’, समनले दुखेसो पोखे ।

समनले रिमा र सुप्रियाको थाइल्याण्डमा केही म्यूजिक भिडियो पनि छायांकन गरेका छन् । जसको सार्वजनिक चाडै गर्ने उनको तर्क छ । सिनेमा भन्दा पनि म्यूजिक भिडियोमा नै हाबी देखिएकी रिमालाई सुप्रियाले उछिन्ने हुन् या होइनन् त्यो भने हेर्न बाँकी नै छ । तर पनि यि दुइको रस्साकस्सीले भने बजारमा राम्रै स्थान पाइरहेको देखिन्छ ।onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses