National News
»
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
काठमाडौं, वैशाख ५- ज्योतिषीले २०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी गरेका छन्। उनीहरुका अनुसार वैशाख-जेठ-असारमा चतुर्ग्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको छ, जसले गर्दा नेपाल भारतलगायत दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्छ।
मंसिर-पुस-माघमा भने मुलुकमा सुधारात्मक प्रक्रिया अघि बढ्नाले आर्थिक स्थितिमा सुधार हुने संभावना रहेको उनीहरुले बताए।
शासकवर्गको धर्मप्रति रुची बढ्ने, चतुर्थ भावमा उच्च चन्द्र र गुरुको योगले पशु व्यवसाय, वैदेशिक व्यापार र पर्यटन उद्योग फस्टाउने तथा वर्षको उत्तरार्धमा मुलुकमा शान्ति स्थापना हुने योग परेको संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले बताए।
संविधानसभाको निर्वाचन गणितीय हिसाबले मंसिर पहिलो साता हुने प्रवल सम्भावना रहेको पनि २०७० सालको वार्षिक भविष्यवाणी गर्ने क्रममा उनले बताए।
नेपाल पञ्चांग निर्णायक समिति तथा राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराईले धान्येश चन्द्र, रमेश गुरु, फलेश शुक्र भएकाले नयाँ वर्षमा सुख वृद्धि हुने र साधु सन्त, द्विजवर्गले सत्कार पाउने भविष्यवाणी गरे।
बेमौसमी वर्षाले कष्ट र धनसम्बन्धी सुखको कमी हुने तथा खाद्यान्न उत्पादन घटी बजार भाउ वृद्धि उनहरुको भनाइ छ।
सस्येश मंलम, मेघेश शनि, निरसेश मंलम, धनेश मंलम र दुर्गेश शनि भएकाले यो वर्ष मुगा, राता कपडा, रक्तचन्दन र तामाको मूल्य बढ्ने नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव ज्योतिष सूर्यप्रसाद ढुंगलले बताए।
जगत् लग्न कुण्डलीमा सूर्य शनिको मध्य समसप्तक योग वैशाख संक्रान्तिका दिन मेष राशिमा सूर्य-शुक्र-केतुको युती आदि कारणले नेपाल, भारतलगायत देशमा राजनीतिक, सामाजिक एवम् आर्थिक स्थिति परिवर्तन हुने योग रहेको ज्योतिषीहरुको भनाइ छ। रासस
0 comments
Write Down Your Responses