Entertainment
»
राजेश हमालले भने, ‘कसैलाई दुई तिहाई नदिनुहोस्, बैद्य पक्षलाई नल्याउनु दुखद’
राजेश हमालले भने, ‘कसैलाई दुई तिहाई नदिनुहोस्, बैद्य पक्षलाई नल्याउनु दुखद’
संविधान सभाको चुनाव नजिकिदै जाँदा नेपाली सिनेमाका कलाकारहरुले पनि यसप्रति चासो देखाइरहेका छन् । कोही खुलेरै पार्टीमा लागेका छन् भने कसैले भित्री समर्थन मात्र गरिरहेका छन् ।

यसैबिच नेपाली सिनेमाका चर्चित नायक राजेश हमालले चुनाव हुन ३ दिन मात्र बाँकी रहदा आफ्नो धारणा स्पष्ट रुपमा अघि सारेका छन् । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा हमालले संविधान सभाको चुनावमा कसैलाई पनि २ तिहाई बहुत नदिन आग्रह गरेका छन् ।
हमालले भने, ‘सबैले दुई तिहाई बहुमत आफ्नो पार्टीलाई दिए मात्र संविधान बन्ने दाबी गरिरहेका छन् । तर संविधान सभामा दुई तिहाई बहुमत कसैलाई दिनुभन्दा पनि राम्रो र सक्षम व्यक्तिलाई चुन्नु पर्दछ । अनि मात्र समावेशी र सहमतिको संविधान बन्छ ।’
हमालले असन्तुष्ट पक्षलाई बाहिर राखेर चुनाव हुनुलाई दुखद भनेका छन् । ‘एउटा पक्ष चुनावको विपक्षमा देखिएको छ । यो राम्रो होइन । यस्तो प्रक्रियाले लोकतान्त्रिक मुलुकको प्रतिनिधित्व गर्दैन’ हमालले भने । तर पनि मुलुकलाई अगाडी बढाउन जस्तो हालतमा पनि चुनाव गराउनै पर्ने हमालको तर्क छ । तर पहिलो संविधान सभाको चुनाव जस्तै यो हर्षोल्लासको रुपमा नहुने उनको भनाई छ ।
हमालले पहिलो संविधान सभाको चुनावमा समावेशी प्रतिनिधित्व भएको भन्दै संविधान सभा विघटन हुनु नै गलत भएको बताए । उनले गल्ती कसले गर्यो भन्ने तर्फ नलागी चुनाव सफल बनाउन र मत हाल्न सबै जनतालाई आग्रह गरेका छन् ।
अहिले चुनावमा उत्रन लागेका अधिकांश पार्टी असफल भएको किटान गर्दै उनले सक्षम व्यक्तिलाई भोट हाल्न सबैलाई आग्रह गरेका छन् । हमालले आफूले पनि संविधान सभाको चुनावमा मतदान गर्ने जनाए । अधिकांश कलाकारहरु चुनाव नजिकिदै जादा एउटा न एउटा पार्टीको झण्डा मूनि लागेपनि हमाल भने आजसम्म कतै देखिएका छैनन् ।
0 comments
Write Down Your Responses