Entertainment
»
सुष्मालाई छाडा शब्द बोल्दै मार्ने धम्की दिने को हुन् ?
सुष्मालाई छाडा शब्द बोल्दै मार्ने धम्की दिने को हुन् ?
नायिका सुष्मा कार्कीलाई विभिन्न खालका अपशब्द बोल्दै धम्कीपूर्ण फोन आउन थालेपछि उनले प्रहरी प्रभाग हुनमानढोकामा उजुरी दिएकी छिन् । शिल्पा कार्कीको नाममा बारम्बार फोन गर्दै धम्की दिएपछि उनले उजुरी हालेकी हुन् । ‘कहिले आकृती पाण्डे त कहिले शिल्पा कार्कीको नाममा धम्की आइरहेको छ’, सुष्माले अनलाइनखबरलाई भनिन् ।
आफूलाई सुन्नै नसक्ने खालका शब्द बोल्दै बारम्बार फोनमा तनाव दिएपछि उजुरी दिन वाध्य भएको सुष्माले बताइन् । ‘विगत ३ दिन देखि व्यक्तिगत कुरा गर्दै मन लाग्दी बोल्न थालेपछि उजुरी दिन वाध्य भए’, सुष्माले भनिन् ।
आफूले प्रहरीमा उजुरी दिन्छु भन्दा शिल्पा भनिएकी ति महिलाले आफ्नो पनि माथिल्लो निकायमा मानिस भएको भन्दै केही हल्लाउन नसक्ने बताएको सुष्माको तर्क छ । सुष्मालाई उक्त महिलाको माध्यमबाट विभिन्न केटाहरुले पनि फोन गर्ने गरेका छन् । राती फोन गरेर जे मुखमा आयो त्यही बोल्ने, के गरेर बसि रहेको भन्दै छाडा शब्द बोल्ने गरेको सुष्माले बताइन् ।
उनलाई विभिन्न नम्बरबाट शिल्पा कार्की नाममा फोन आउने गरेको छ । फोनले आफूलाई मानसिक तनाव दिन थालेपछि प्रहरी गुहारेको सुष्माले बताएकी छिन् ।
0 comments
Write Down Your Responses