Amazing News
»
चीनको अनौठो नाइ पसल, जहाँ आगो लगाएर कपाल काटिन्छ
चीनको अनौठो नाइ पसल, जहाँ आगो लगाएर कपाल काटिन्छ
कैचीले कपाल काट्न छाडेर मानिसहरु आजकल मेसिन लगाउँछन् । कपाल काट्ने नयाँ नयाँ औजारहरु अहिले बजारमा पाइन्छन् । तर, एक चिनियाँ नाई वाङ वाइवु भने अझै पनि पारम्परिक शैलीबाट कपाल काट्ने गर्छन् ।
उनी कपाल काट्न कैची हैन आगोको भुग्रोमा तताएको फलामको छड प्रयोग गर्छन् । दनदनी बलेको आगोमा राखिएको फलामको रड रातो भएपछि हल्का पानी छरिन्छ र कपाल डामिन्छ । यदि कपाल लामो छ भने वाङ कैची जस्तो आकारको तातो फलाम प्रयोग गरिन्छ । त्यसपछि उनी मिलाउन तातो डरले कपाल डढाउँछन् ।
वाङको कमाई पनि राम्रो छ । तर, आफू कहाँ आउने अधिकांश मानिसहरु पाका उमेरका हुन्छन् । तातो फलामको रडले छामेर कापाल काट्ने चीनमा आफू एक्लो भएको उनको दावी छ । यसरी कपाल काट्ने शैली १९८० को दशकबाटै हटिसकेको छ ।
७३ वषर्ीय वाङले शिचुआन प्रान्तको जेन्सीमा कपाल काट्ने काम गर्छन् । यसरी कपाल काट्दा तीन महिनासम्म उही अवस्थामा रहने उनी बताउँछन् । केहीले डढेको कपालको गन्ध निको नमान्ने भए पनि आफ्ना ग्राहकले त्यसलाई ठूलो बिषय नबनाएको उनले बताए ।
तल बक्समा क्लिक गरि भिडियोसहित हेर्नुहोस
0 comments
Write Down Your Responses