कांग्रेस र एमाओवादी कार्यकर्ताबीच रुकुममा झडप
४ कात्तिक, रुकुम । चुनावी प्रसारमा रहेका नेपाली कांग्रेस र एमाओवादीका कार्यकर्ताबीच रुकुममा झडप भएको छ । आइतबार रुकुमको आठबीसकोटमा भएको झडपमा नेपाल तरुण दलका जिल्ला सदस्य जनक बाठा, आठबिसकोट गाउँ इकाइ सभापति दीपक शाही र गणेश सिंह घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये सिंहको अवस्था गम्भीर छ ।
दुबै पार्टीको चुनाबी कार्यक्रम एकै ठाउँमा परेकाले झडप भएको प्रहरीको भनाई छ । कात्तिक ४ गते कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रमका लागि पुगेका क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उम्मेदवार गोपाल जीजगं शाहको नेतृत्वको टोली राडिबजारमा पुग्ने बित्तिकै कोण सभाको लागी र्यालीमा रहेको एकीकृत नेकपा माओबादीको टोलीसँग ढुङ्गा हानाहान भएको थियो । सञ्चार सुविधामा समस्या आएकाले घटनाको विस्तृत जानकारी नआएको रुकुमका प्रहरी प्रमुख राजेन्ऽप्रसाद भट्ले जानकारी दिनुभयो । एकीकृत नेकपा माओबादीले भने राज्य समिति सदस्य गोर्खबहादुर केसीको नेतृत्वमा रहेको चुनाब प्रचार टोलीमाथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेको बताएको छ ।
0 comments
Write Down Your Responses