एमाओवादी कार्यकर्ताको खुकरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते

भिडियो हेर्न तल क्लिक गर्नुहोस

अर्जुन लामिछाने ७ कात्तिक, बागलुङ । बागलुङको बोंगादोभानमा एकिकृत माओबादीका कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेसका एक कार्यकर्ता गम्भिर घाईते भएका छन् । वाईसिएलका कार्यकर्ताको खुकुरी प्रहारबाट तरुण दल बोंगादोभानका सदस्य बालकुमार पुन गम्भिर घाईते भएका हुन् । पुनको टाउकोमा गम्भिर चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि बुतिर्बाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

बुधबार दिउँसो सामान्य बिषयमा विबाद भएको र राति १० बजेको समयमा वाईसिएलका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी कुटपिट गर्दै खुकुरी प्रहार गरेको कांग्रेसले जनाएको छ । माओबादीले भने बोंगादोभानमा क्षेत्र नं ३ का प्रत्यक्ष तर्फका आफ्ना उम्मेद्वार तुल्सीराम अर्यालसहितको टोली जनभेटघाट कार्यक्रम गर्नका लागी पुगेको बेला कांग्रेस कार्यकर्ताले अपशब्द प्रयोग गरी नाराबाजीसहित दुव्र्यवहार गरेकाले उम्मेद्वारको सुरक्षामा खटिएका वाईसियलका कार्यकर्ताले उनीहरुलाई सम्झाउने क्रममा चोट लागेको हुनसक्ने जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses