१७ हजार जनता किन मारेको भन्दा प्रचण्डले के बोले...(भिडियोसहित) |
कार्तिक, काठमाडौ । केहि दिनअघि सम्पन्न एनआरएनको सम्मेलनको समापन समारोहमा प्रचण्डसँगको भेटका क्रममा एनआरएनका नेताहरूले प्रचण्डलाई निकै र्याफर्याफ्ती पारेका थिए । उनीहरूले प्रचण्डलाई १७ हजार जनता मार्नुको कारणबारे सोध्दै प्रचण्डसँग जवाफ मागेपछी उक्त कार्यक्रममा तनाव सिर्जना भएको थियो ।

प्रचण्डलाई १७ हजार मारिएको जवाफ मागिएको उक्त कार्यक्रमको भिडियो समेत इन्टरनेटमा सार्वजनिक गरिएको छ । उक्त भिडियोमा एनआरएनका नेताहरूले प्रश्न गर्न थालेपछी कार्यक्रममा तनाव उत्पन्न भएको भिडियोमा प्रष्ट देखिएको छ । धेरै तनावको स्थिति देखेपछी आयोजकहरूले अन्यलाई भने थप प्रश्न गर्न दिएका थिएनन् । उनीहरुले समयको अभाव भएको भन्दै प्रश्न सोध्न दिइएको थिएन । उक्त कार्यक्रममा प्रश्न सोध्नेक्रममा कार्यक्रम स्थल रणमैदान जस्तै हुन पुगेको थियो ।
प्रश्न सोध्ने व्यक्तिहरू निकै उत्तेजित भएर लडाई नै गर्न तम्सिएको देखिएपछी उक्त स्थितिलाई साम्य पार्न आयोजकलाई निकै गाह्रो भएको थियो । आयोजकले पटक-पटक शान्त रहन आग्रह गरेका थिए ।
यसपछी प्रचण्डले १७ हजार जनताले बलिदान दिनु पर्ने कारणबारे जवाफ पनि दिएका थिए । उनले जवाफ दिने क्रममा यदी 'जनयुद्ध' गलत भएको साबित भए आफू झूण्डिन तयार रहेको समेत बताएका थिए । nepaliheadlines
हेरौ उक्त भिडियो
0 comments
Write Down Your Responses