कलैयामा नेपाल प्रहरी र म्यादी प्रहरी झडप

भिडियो हेर्न तल क्लिक गर्नुहोस

४ कात्तिक, वीरगञ्ज । संविधानसभा निर्वाचनको सुरक्षाका लागि भर्ति भएका म्यादी प्रहरी र नेपाल प्रहरीबीच सोमबार बाराको सदरमुकाम कलैयामा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दुई महिनाको तलब दिने आश्वासन दिएर डेढ महिनाको मात्रै उपलब्ध गराउन लागेको भन्दै म्यादी प्रहरी प्रदर्शनमा उत्रिएका थिए । कलैयास्थित सिद्धेश्वर मन्दिर परिसरमा भेला भएर म्यादी प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

उनीहरुलाई रोक्ने क्रममा नेपाल प्रहरीले लाठी चार्ज गरेको थियो । म्यादी प्रहरीहरुले कार्यालमा ढुंगा प्रहार गरेपछि लाठी चार्ज गर्नु परेको प्रहरीले जनाएको छ । लाठी चार्जबाट १० जना भन्दाबढि म्यादी प्रहरी घाइते भएका छन् । घाइतेहरुको कलैया अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयमा ढुङ्गा हान्न आएका म्यादी प्रहरीलाई लखेटिएको प्रतिक्रिया दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक रामनाथ घिमिरेले नाराजुलुस गर्दै प्रहरी कार्यालयमा पुगेका म्यादी प्रहरी र प्रहरीबीच धकेलाधकेल मात्र भएको बताउनुभयो । संविधानसभा निर्वाचनको सुरक्षाका लागि बारामा १५ सय म्यादी प्रहरी भर्ना भएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses